भैरवी बचत तथा ऋण सहकारीका नवनियुक्त संचालकलाई शपथ

538 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङबेसी- भैरवी बचत तथा ऋण सहकारी संस्था धादिङबेसीको १२ औं साधारण सभावाट निर्वाचित संचालक समितिका सदस्यहरुलाई आईतवार पद तथा जिम्मेवारीको शपथ खुवाउनुका साथै प्रमाण पत्र वितरण गरिएको छ । 1514385_579891268758967_1608850885_n

ुसंस्थाका पुर्व सल्लाहकार अधिबक्ता बिष्णुकुमार श्रेष्ठले १२ औं साधारण सभावाट निर्वाचित संचालकहरुलाई आईतवार शपथ खुवाउनु भएको हो । शनिवार धादिङबेसीमा सम्पन्न भएको संस्थाको साधारण सभा तथा अधिबेशनले पुन ः इश्वरकुमार श्रेष्ठको अध्यक्षतामा १५ सदस्यिय संचालक समितिको चयन गरेको थियो । अधिबेशनवाट उपाध्यक्षमा शिवकुमार श्रेष्ठ र गणेशकुमार श्रेष्ठ,महासचिवमा रामलाल श्रेष्ठ,कोषाध्यक्षमा बिष्णुलाल श्रेष्ठ र सचिवमा शान्तबिक्रम बानिँया चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा सीताकुमारी श्रेष्ठ,बिष्णुकुमार श्रेष्ठ,सीताराम कोईराला,विनोदमान श्रेष्ठ,प्रेमनाथ सिलवाल,राजकुमार श्रेष्ठ, खिलप्रसाद सिवलाल र शान्ता तिमल्सेना चयन हुनुभएको थियो ।त्यसै गरी अधिबेसनले लेखा सुपरीबेक्षण समितीमा कृष्णकुमार श्रेष्ठ, भक्तकुमार श्रेष्ठ र  कृष्णराज अधिकारी  ऋण उप समितिको सदस्यमा ज्ञानमान श्रेष्ठ र नारायणकुमार काराखेती शिक्षा उप समितीमा दिलिप अधिकारी र शिवराज सापकोटा चयन भएका छन दुबै समितीको संयोजक भने संचालक समितिको पहिलो बैठकले छान्ने बताईएको छ् । समितिका सदस्यहरुलाई पनि संचालक सदस्यहरु सँगै शपथ खुवाईएको थियो ।

zp8497586rq