इमेल र सोसल मिडियाका २० लाख पासवर्ड चोरिए, साबधानी अपनाउन सुरक्षाबिज्ञको सुझाव
580 पटक पढिएको
नेदरल्याण्डमा साइवर अपराधिहरुमाथि अनुसन्धान गरिरहेका साइवर सुरक्षा बिशेषज्ञहरुले हालै करिव २० लाख पासवर्ड ह्याक भएको पत्ता लगाएका छन् । पोनी बोनेट नामक भाइरसका माध्यमबाट बिश्वभर छरिएर रहेका प्रयोगकर्ताहरुको युजर आईडी र पासवर्ड ह्याक गरी सर्भर स्टोर गरेको अबस्थामा बरामद गरेका छन् ।
यसमध्ये ३ लाख १८ हजार फेसबुक प्रयोगकर्ता, ७० हजार ५ सय जीमेल प्रयोगकर्ता, ५९ हजार ५ सय याहु र २१ हजार ७ सय ट्वीटर प्रयोगकर्ताको एकाउन्ट रहेको बताइएको छ ।
सेक्युरिटी फर्म ट्रष्टवेभका अनुसार बेलायत, अमेरिका, रसिया, सिंगापुर लगायतका मुलुकका प्रयोगकर्ताको पासवर्ड ह्याक गरेको पाइएको छ । उसले नेदरल्याण्डका अधिकारीसँग सम्र्पक गरी पासवर्ड स्टोर गरिएको सर्भर बन्द गर्न अनुरोध गरेको डेली मेलले जनाएको छ ।
सवैभन्दा बढि प्रयोग गरिएका पासवर्डहरु
सवैभन्दा बढि प्रयोग गरिएका पासवर्डहरु
त्यसरी ह्याक गरिएका अकाउन्ट र पासवर्डहरुको बिश्लेषण गर्दै स्पाइडलल्याबले भनेको छ– ह्याक हुनेमध्ये करिव १६ हजार आईडीको पासवर्ड १२३४५ राखिएको छ । यसैगरी धेरैले १२३, पासवर्ड,एडमीन,१२३४५६७८९ जस्ता सजिला पासवर्ड प्रयोग गरेको पाइएको छ । सुरक्षा बिज्ञहरुले यस्ता सजिला पासवर्ड प्रयोग नगर्न प्रयोगकर्ताहरुलाई सुझाव दिएका छन् ।
पोनी बोनेट रोवर्ट नेटवर्क हो जसले कम्प्युटर र सर्भरहरुमा आक्रमण गरी रिमोट एक्सेस गर्न सक्छ । नेदरल्याण्डबाहेक अन्यत्र पनि यस्तैखाले नेटवर्क हुन सक्ने भन्दै सुरक्षा बिज्ञहरुले प्रयोगकर्तालाई साबधानीका लागि तत्कालै पासवर्ड परिवर्तन गर्न सुझाव दिएका छन् ।
फेसबुक र ट्वीटरले संकास्पद एक्सेस गरिएका एकाउन्ट पहिचान गरि प्रयोगकर्ताहरुलाई पासवर्ड परिवर्तन गर्न लगाएको बताएको छ ।
पोनी बानेट शैलीका भाइरस पृष्ठभूमीमा संचालन हुने र प्रयोगकर्तालाई थाहा नहुने भएकाले आफ्नो एन्टीभाइरस, ब्राउजर र अन्य एप्लीकेसनहरु अपडेटमा राख्न सुझाव दिएका छन् ।
– एजेन्सिको सहयोगमा