धादिङको विभिन्न स्थानमा व्यवसायिक तालिम सुरु

622 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC09721धादिङ -नेपाल सरकार, शिक्षा मन्त्रालय, व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि(EVENT) परियोजनाको आर्थिक सहयोगमा प्यासिफिक म्यानपावर टे«निड. सेन्टर प्रा.ली. जमल, काठमाण्डौ द्वारा धादिङको विभिन्न स्थानमा बेमौसमी तरकारी उत्पादक र मिक्स कुकको तालिम सुरु भएको छ ।

रोजगारीको अबसर नभएका तर आफ्नो सीप विकास गरि आम्दानी गर्न इच्छुक महिलापुरुषहरुका लागि तीन महिने (३९० घण्टा) तालिक सुरु भएको हो ।

महादेवस्थान गाविसको ताल्ती, नीलकण्ठको जुगेधारा र धादिङबेसी मा बेमौसमी तरकारी उत्पादक तालिम सुरु भएको तालिम व्यवस्थापक सीताराम अधिकारीले जानकारी दिनुभयो ।

महादेवस्थानको ताल्तीमा लक्ष्मी घिमिरे, जुगेधारमा तोयनाथ अधिकारी, धादिङबेसीमा रामजी श्रेष्ठले २०।२० जनाको लागि तालिम संचालन गर्नु हुने छ । त्यसैगरि धादिङबेसीमा दुई समूहमा मिक्स कुकको लागि ४० जनाको तालिम सुरु भएको छ । मिक्स कुकको दुई समूहमा संचालन हुने तालिमका लागि कृष्णबहादुर पुनमगर र भोजराज पाण्डेले तालिम दिनुहुने छ ।
यस बाहेक धादिङबेसीमा वेटरको २० जनाको लागि, बेमौससमी तरकारी घाटबेसी २० जनाको लागि, सलाङमा २० जनाको लागि र बैरेनीमा २० जनाको लागि तालिम संचालन हुने प्यासिफिक म्यानपावर ट्रेनिङ सेन्टर प्रा.लि. ले जानकारी दिएको छ ।