नयाँ नेपाल बनाउंदा अलि गम्भिर हुनुपर्छकी ?

971 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

                                                                                                                                                                  – बिष्णुमणी गौतम
 IMG_4361जुन देश  विश्व भरका प्रकृतिसंग प्रकृति संग दाँज्ने हो भने  त्यति  सुन्दर कुनै पनि देश छैन तर बिडम्बना जहाँ मुलुकको व्यवस्था मिलाउँछु भनेर   हिड्ने हरु नै आज आफ्नो परिवार ,आफ्नो नाता गोता अनि आफ्नो पार्टी को मात्र भलो चाहने हरुले आज देश बर्बाद बनाईरहेका छन ।  |जहाँ बिकसित  देश  हरु ले अझै धेरै विकास गर्ने भनेर योजना बनाउदा हाम्रो  देश  मा भने कसरि आफ्नो मात्र घर राम्रो बनाउने भन्ने हरु सत्ताको वागडोर चलाईरहेका छन  |आज धारा खोल्दा पानी होइन हावा मात्र आउँछ ? बिजुली को चिम मुनि टुकी बाल्नु पर्छ । विभिन्न जघन्य अपराधमा संलग्न भएकाहरको संरक्षणमा देशका ठुलाशक्तीहरुनै लाग्ने गरेका छन । मुलुकमा दण्डहिनता बढेको छ । जनतामा अमन चयन हराएको छ ।
जस्ले सक्छ उसैले कव्जा जमाईरहेको छ । जल तथा प्राकृतिक श्रोतमा धनी भनिएको देशमा राज्यले यस्ता उपलव्धिमुलक वस्तुहरुको नियन्त्रण गर्न सकेको छैन । जस्ले पाखुरा वलियो बनाउंछ उसैले प्राकृतिक श्रोत साधन लुटिरहेको देख्न सकिन्छ । नदी तथा सार्व जनिक स्थलमाथि अतिक्रमण बढिरहेको छ । बन मासिंदै गएको छ । जडिबुटी माफियाहरुको कव्जमा पुगिसकेको छ । बैशाख १२ र त्यसपछिका दिनमा आएको भुकम्पले नेपाली समाजमा निकै ठुलो संकट ल्याईदिएको छ । झण्डै ९ हजार मान्छेको ज्यान गएको छ । एकलाखको हाराहारीमा घाईते भएका छन । घरविविहन हुनेहरुको संख्या पनि निकै धेरैनै पुगिसकेको छ ।
भुकम्पको वहानामा मान्छेहरु श्रम गरेर खान छाडिसकेका छन । सहयोग र राहतको खोजीमा दिन विताउने हुन थालेका छन । भुकम्पले मानिसहरुको सिर्जनशिलतालाई मेटाउने काम गरेको छ । आत्मनिर्भरको साटो परनिर्भर बनाउन थालेको छ । वास्तविक पिडित भन्दा टाठा बाठा नक्कली पिडित बनेर सुविधा पाउन सक्षम भएका छन ।
नेपालको जनसंख्याको ठुलो हिस्सा अहिले पनि देश बाहिर छ । विभिन्न रोजगारी, उच्च शिक्षाको नाममा विदेशिएका युवाहरु यो या त्यो वहानामा देश फर्कन छाडेका छन । मुलुकको लागि अति आवश्यक पर्ने सबैभन्दा कर्मठ युवाहरु अहिले पनि विदेशी भुमिमा रगत पसिना वगाईरहेका छन ।
देशमा रहेका युवाहरुलाई पनि फरक फरक राजनैतिक धारमा टांसिन लगाएर राजनैतिक नेत्तृत्वले अरुको विरुद्ध प्रयोग गरिरहेको छ । हाम्रा युवाहरु पनि राजनैतिक शक्तीको पछि लाग्नुलाई आफ्नो महान जिम्मेवारी ठानिरहेका छन । राजनितिले समाज देखि मुलुकको प्रमुख केन्द्र सम्ममा सुधार ल्याउनु पर्नेमा सबैभन्दा समस्या बढाउन थालेको छ । एउटै घरका मान्छेहरु फरक फरक राजनैतिक दलमा लागेर जुधिरहेका छन । त्यस्को फाईदा अरुले लिईरहेको छ ।
नेपाली समाजमा अहिले पनि मान्छे मान्छेका बिच छुवाछुत, विभेद, एकले अर्कोलाई हेप्न अपमान गर्ने उँचो निचोको व्यवहार कायमै छ । यस्ता विकृत्ति र विसंगतिका विरुद्ध उठेका आवाजहरु दविने गरेको छ ।
समान कामको ज्याला निकै फरक छ । महिला लाइ दिने तलब र पुरुस लाइ दिने तलब मा आकास पातालको भिन्नता छ ।
अब त यस्तो  लाग्छ धनि वर्गका मान्छे हरुको मात्र हो देश |जहाँ गरिब र सोझा जनता लाइ फलाई फुकाई जहिले पनि आफु माथि पुग्ने प्रवृत्ति कायमै छ ।  |फेरी फर्केर तिनै जनता को सामु जानु पर्छ भन्ने विचार आहिले सम्म कुनै पनि राजनीतिक पार्टी मा आएको छैन जब चुनाब आउछ अनि बल्ल जनता को घर को याद आउछ फेरी तिनै पुरा गर्न नसकेका सपना हरु सुनाउन हाम्रा राजनैतिक दल खप्पिस भइसकेका छन ।
युवा पुस्ता लाइ पर्योग गरिएको छ आफ्नी राजनीतिक पार्टी को स्वार्थ को लागि कुनै रोजगार को बेवास्ता छैन फेरी पनि नेता हरुले युवा हरु लाइ ललाई फकाई गरि रहेका छन् तर यो कुरा हाम्रो पुस्ता ले बुझेर पनि नबुझे गरे जस्तो मलाई लाग्छ | पहिला केहि सोच बसालौ र जो  शिक्षित  वर्ग र देश लाइ टुक्रा टुक्रा  हुनवाट बाट बचाउन  एक भएर अगाडी बढ्नु पर्छ जस्तो मलाई लाग्छ |जसले हाम्रो देस लाइ चुसी रहेको तिन को भण्डाफोर गरेर सफा र सकारात्मक सोच को एउटा निश्चल युग को सुरुवात गरौ जहाँ हाम्रो देस मा विकास , आर्थिक र सामाजिक  उन्नति तर्फ़ अगाडी बडोस |
अब अरु देस ले हेर्ने नजर हरु को पहिचान गरि असल मित्रता बनाउनु नै अहिले को माग हो जस्तो मलाई लाग्छ त्यसैले अब हुने कानुन मा सबै लाइ सम्मान होस् | आम नेपालीले आफ्नोपन महसुस गर्न पाउन ।