अज्ञात समुहबाट गजुरीको छेवाङमा चेपाङ महिलाको हत्या

666 पटक पढिएको

सम्पादक: Dhadingnews.com

बाबुराम श्रेष्ठ
धादिङ / धादिङको गजुरी गाविस वडा नं ८ स्थित छेवाङ बरपिपलडाडामा  आफ्नै घरभित्र सुतिरहेको बेला नचिनेको मान्छेहरुको समुहले बिहीवार राती १२ बजे तिर  धारिलो हतियार प्रहार गरी एक जना चेपाङ महिलाको को हत्या गरेका छन ।

       धारिलो हतियारले काटेर ६१ बर्शिया बुद्धिमाया चेपाङको हत्या गरिएको हो । सोही समुहको प्रहारबाट बुद्धिमायाको पती चन्द्र बहादुर चेपाङ गम्भिर घाइते भएका छन । घटना रहस्यमय भएकोले आफुहरु अपराधमा संलग्न ब्यक्तीको खोजिमा लागिरहेको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक तुलसी भट्टराईले धादिङ न्युजलाई बताउनु भयो । घाइते चन्द्र बहादुर चेपाङको काठमाण्डौं स्थित बीर अस्पतालमा उपचार भैरहेको छ ।