ज्यामरुङ गाविस वडा नम्बर ३ सिम्लेमा रहेको एउटा होलसेल पसलमा, आगलागी पचासलाखको क्षती

661 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,१७ कात्तिक / धादिङको ज्यामरुङ गाउं विकास समितिको वडा नम्बर ३ सिम्लेमा रहेको एउटा होलसेल पसलमा अचानक आगलागी हुंदै पचास लाख भन्दा वढीको क्षती पुगेको छ ।
ज्यामरुङ गाउं विकास समितिको वडा नम्बर ३ सिम्लेमा रहेको कृष्णवहादुर लामिछानेको होलसेल पसलमा आईतवार सांझ ७.३० वजेतिर अचानक आगलागी हुंदा पसलमा रहेको सबै सामान जलेर नष्ट भएको गाउंलेहरुले वताएका छन । पसल बन्द गरेर घर पुगेको केहीबेरमै पसलमा आगलागी भएको पसल संचालक लामिछानेले वताएका छन । आंफुले पसल वन्दगर्नु अघि सबैविजुली वत्ती वन्द गर्नुका साथै अन्य कुनै वत्ती समेत नवालेको पसल संचालक लामिछानेले वताए । पसलमा लागेको आगो स्थानीयवासीको प्रयासवाट केही समयपछि नियन्त्रणमा आएपनि आगलागी कसरी भयो केही खुल्न सकेको छैन । आगलागीका कारण पसलमा रहेको सबै सामान जलेरनष्ट हुंदा पचास लाख भन्दा बढीको क्षती भएको वताईएको छ ।