त्रिशूली नदीमा वेपत्ता युवक मृत भेटिए

610 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,/मंसिर २५ गते बेलुकी देखि त्रिशूली नदीमा खसेर हराईरहेका एक युवक दश दिन पछि मृत अवस्थामा भेटिएका छन । धादिङ जिल्लाको बेनीघाट र गोर्खा जिल्लाको घ्याल्चोक जोड्नका लागी त्रिशुली नदीमा निर्माण भईरहेको पुल निमार्णको क्रममा मंसिर २५ गते बेलुकीपख पुलबाट खसेर बारा जिल्लाको सिमारा निवासी शिवशंकर विश्वकर्मा त्रिशूली नदीमा हराईरहेका थिए ।
त्रिशूली नदीमा खसेर हराईरहेका बिश्वकर्माको शब दुर्घटना भएको १० दिन पछि बिहीबार बेलुकी ५ बजे तिर त्रिशूली नदीको ज्यामिरघाट पुल नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक रामचन्द्र पौडेलले जानकारी दिए । शबलाई पोष्टमार्टम गरेर आफन्तलाई बुझाउने प्रहरीले जनाएको छ । केही महिना अघि पनि त्रिशूली नदीको निर्माणाधिन यहि पुलवाट खसेर भारतीय नागरिक एक मजदुरको ज्यान गएको थियो ।