१७ औं एसियाली खेलकुद (एसियाड) मा कांस्य पदक विजेता विमलालाई १० लाख

699 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

bimala_tamang_209226403काठमाडौं : १७ औं एसियाली खेलकुद (एसियाड) मा कांस्य पदक जिते पनि पदाधिकारीबीच विवादका कारण पुरस्कार पाउने कि नपाउने भन्‍ने अन्योलमा रहेकी विमला तामाङले अन्तत: सरकारका तर्फबाट १० लाख रुपैयाँ पाउने भएकी छन्।
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई पुरस्कृत गर्ने नियमअनुसार विमलालाई १० लाख रुपैयाँ प्रदान गरिने भएको हो। विमलालाई पुरस्कार दिन सरकारसमक्ष सिफारिस गर्न लागिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव युवराज लामाले बताए। ‘खेलाडीका नाममा कसैले पनि राजनीति गर्नु हुँदैन, विमलाले पनि पुरस्कार पाउनेछिन्’, लामाले अन्‍नपूर्णसँग भने।
इन्चोन एसियाडमा कराँतेको महिला एकल कातामा नेपालबाट राष्ट्रिय मान्यताप्राप्त कराँते महासंघले चञ्चला दनुवारलाई सहभागी गराएको थियो। तर अन्तिम समयमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त कराँते महासंघले सोही स्पर्धामा विमलालाई सहभागी गरायो। इन्चोनमा पनि यी दुईमध्ये कुन खेलाडीलाई सहभागी गराउने भन्नेमा पदाधिकारीबीच विवाद भएको थियो। अन्त्यमा विमलाले खेल्ने अवसर पाइन् र कांस्य पदक जितिन् भने चञ्‍चलाले खेल्न पाइनन्।
कांस्य पदक जितेर स्वदेश फर्किएकी विमलालाई स्वागत गर्नसमेत कुनै खेल पदाधिकारी विमानस्थल नगएपछि उनले सरकारका तर्फबाट पुरस्कार पाउने कि नपाउने भन्‍ने अन्योल थियो। अन्नपूर्ण पोष्टवाट