राष्ट्र सेवक सहकारीमा मानवहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ नेत्तृत्व

825 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

???????????????????????????????धादिङ–नेपाल निजामती कर्मचारी संगठन धादिङमा आवद्ध रहेका कर्मचारीहरुको सक्रियतामा स्थापना भई संचालनमा रहेको राष्ट्रसेवक बहुउद्धेश्यिय सहकारी संस्थाको आठौं साधारण सभा सम्पन्न भएको हो ।
माघ ७ गते नीलकण्ठ नगरपालिकाको हात्तीसुुंढेमा सम्पन्न भएको सहकारी संस्थाको साधारण सभाले मानवहादुर श्रेष्ठको अध्यक्षतामा ११ सदस्यिय संचालक समितिको चयन गरेको छ । संचालक समितिको उपाध्यक्षमा भरतबाबु श्रेष्ठ,कोषाध्यक्षमा भरतबाबु श्रेष्ठ,सचिवमा रामप्रसाद सिलवाल,सह सचिवमा हिरा गौतम र कोषाध्यक्षमा नेत्र आचार्य सर्वसम्मत रुपमा चयन हुनु भएको छ ।
नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय उपाध्यक्ष इश्वरीप्रसाद भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको सहकारी संस्थाको साधारण सभा तथा कर्मचारीहरुको वनभोज कार्यक्रमको बिशेष अतिथीमा प्रमुख जिल्ला अधिकारी वाशुदेव घिमिरे,संगठनका सहकारी विभाग उप–प्रमुख चेतनाथ न्यौपाने र सहकारीका पुर्व अध्यक्ष झविन्द्र भुसाल, कर्मचारी संगठन धादिङका अध्यक्ष कृष्णलाल उप्रेती रहनु भएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न कार्यालयमा कार्यरत १ सय ६० जना निजामती कर्मचारीहरुको सहभागिता रहेको थियो ।