गाउं गाउंमा जिवन उपयोगी सीप तालिम संचालन

756 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

10678613_10205113153601013_7070536136650232679_nधादिङ –मानिसको जीवनलाई व्यवस्थित र उपयोगी बनाउने सीप सम्बन्धी विभिन्न विषय समाबेश गरि जीवन उपयोगी सीप तालिम धादिङको विभिन्न ६ स्थानमा सम्पन्न गरिएको छ ।
विश्व बैंकको सहयोगमा संचालित नेपाल सरकार शिक्षा मन्त्रालयको इभेन्ट परियोजना अन्तरगत प्यासिफिक म्यानपावर टे«निङ सेन्टर जमल काठमाण्डौद्वारा संचालित ३ महिने मिक्स कुक र बेमौसममी तरकारी उत्पादक तालिमका ८ ओटा समूहलाई यस्तो छुट्टाछुट्टै तालिम दिइएको हो ।
धादिङबेसी स्थित सहयात्री एड्भोकेसी सेन्टरमा मिक्स कुकका २ समूहका ४० जना, धादिङबेसी, बैरेनी, घाटबेसी, जुगेधारा लगायतका ६ स्थानका १ सय २० जना गरि १ सय ६० जनाका लागि ८ स्थानमा एक एक दिने तालिम संचालन गरिएको प्यासिफिक म्यानपावर ट्रेनिङसेन्टरका राधिका सापकोटाले जानकारी दिनुभयो ।
स्वव्यवस्थापन , समय व्यवस्थापन, आर्थिक व्यवस्थापन, महिला अधिकार र मानवअधिकार, श्रम र शोषण लगायतका विषयहरुमा सीताराम अधिकारीले सहजीकरण गर्नुभएको थियो । सहभागिहरुले तालिमपछि एक वर्षको लक्ष बनाइ त्यसको आर्थिक व्यवस्थापन पक्षसमेतको योजना बनाएको सहजकर्ता अधिकारीले जानकारी दिनुभयो ।