नानीबाबुले नानीबाबुलाईनै अलपत्र पारे

657 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,२२ जेठ (  धादिङ न्युज )।  धादिङको बेनिघाट–५ खहरेमा गएराति एक चेपाङले झुण्डिएर आत्महत्या गरेका छन्। ५४ वर्षिय नानीबाबु चेपाङको बिहान आफ्नै घरको धुरीमा पासो लगाएर झुण्डिएको अवस्थामा छोराछोरीले फेला पारेका थिए। गाउँमा हल्ला खल्ला भएपछि गाउँलेले इलाका प्रहरी कार्यालय गजुरीमा खबर गरेका थिए। चेपाङका १  श्रीमती,३ छोरी र १ छोरा छन ।

संगै सुतेको बाबु व्युँझिदा झुण्डिरहेको देखेर बोलाउँदा नबोलेपछि सात वर्ष मुनिका बालबालिकाले गाउँमा खबर गरेका थिए। दिउँसोदेखि नै मदिरा सेवन गरेर श्रीमतीसँग झगडा गरेको स्थानीय बताउँछन्। बेलाबेलामा पारिवारिक झगडा परिरहने र श्रीमती घरमा नभएको बेला राती १२ बजेतिर आत्महत्या गरेको हुनसक्ने स्थानीय हिरा चेपाङ बताउँछन्।

राती आक्रमण गर्न खोजेपछि घर छाडेर मकैबारीमा रात बिताएको मृतककी श्रीमतीले बताइन्। ‘रक्सि खाएर कुट्न आयो, सुतेको बेलामा मारिदिन्छु भन्यो’, उनले भनिन्- ‘म ज्यान जोगाउनकै लागि बारीमा गएँ, विहान आउँदा भुण्डिरहेको देखेँ।’ श्रीमती घरमा नभएको बेला पासो लगाएको हुन सक्ने प्रहरीको अनुमान छ। पहिलो श्रीमतीको मृत्यु भएपछि दोस्रो विवाह गरेका उनको दुई परिवार गरी १० जना छोराछोरी छन्।