प्रेस चौतारी नेपाल बागमती अंचल समन्वय कमिटीको गठन, अध्यक्षमा तारुके सचिवमा सौजन्य

804 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,२६ जेठ (धादिङन्युज )। प्रेस चौतारी नेपाल बागमती अंचल समन्वय कमिटीको अध्यक्षमा नुवाकोटका बिष्णु तारुके चयन हुनुभएको छ । धादिङको नौविसेमा जेठ २५ गते  शनिवार सम्पन्न प्रेस चौतारी नेपाल वागमती अंचल समन्वय बैठकले तारुकेको अध्यक्षतामा १५ सदस्यिय अंचल समन्वय कमिटीको चयन गरेको हो । कमिटीको सचिवमा रामेछापका सौजन्यप्रसाद सत्याल चयन हुनु भएको छ ।
पन्ध्र सदस्यिय कमिटीको सदस्यहरुमा शरद सापकोटा, नवराज वजगाई,केदार सिवाकोटी,नवदीप अजनवी,वलराम घिमिरे,गायत्री खतिवडा,सानुवाबु तिमिल्सिना, दिनेश थापा,हेमनाथ खतिवडा,देवचन्द्र भट्ट र रामेश्वर कार्की रहेका छन । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम वागमती अंचल इन्चार्ज केशव अधिकारीको अध्यक्षतामा बसेको समन्वय बैठकको प्रमुख अतिथिमा प्रेस चौतारी नेपालका मध्यमाञ्चल क्षेत्रीय उपाध्यक्ष उपेन्द्र केसी रहनुभएको थियो । समन्वय बैठकलाई नेकपा एमाले धादिङ क्षेत्र नम्बर ३ का राष्ट्रिय प्रतिनिधि परिषद सदस्य नेत्रराज पौडेल र नेकपा एमाले धादिङका उपाध्यक्ष भुमि त्रिपाठीले सम्वोधन गर्दै प्रेस चौतारी श्रमजिवि पत्रकारहरुको हकहितका निम्ति अझै सकृय र उदाहरणिय संगठन बन्नुपर्ने सुझाव दिनुभएको थियो ।
गत फागुन २५ र २६ गते मोरङ जिल्लाको विराटनगरमा सम्पन्न प्रेस चौतारी नेपालको सातौं राष्ट्रिय अधिबेशनवाट विधानमा अंचल समन्वय कमिटीको अवधारणा आएपछि वागमतीमा पनि कमिटी गठन गरिएको प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम वागमती अंचल इन्चार्ज केशव अधिकारीले वताउनु भयो । नवगठित अंचल समन्वय बैठकले अधिबेशन गर्नुपर्ने समय भएका काभ्रे,सिन्धुपाल्चोक र रामेछाप जिल्लामा आगामी असार मसान्त भित्र जिल्ला अधिबेशन सम्पन्न गरिसक्ने निर्णय समेत गरेको छ ।