सडक छेउको नाला कहाँ छ ? राष्ट्रिय राजमार्गको यो हालत कहिले सम्म ?

648 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

13726753_505191309672642_8331578664683708034_nधादिङको बैरेनी गाविस वडा नम्बर ८ गल्छीको बराते स्थित पृथ्वीराजमार्गको हालत हो यो । सडक छेउमा राखिएको एउटा पसलको बोर्ड हटाउन दलबल सहित हिंड्ने इलाका प्रहरी कार्यालय, सडक साईट कार्यालय गजुरी र जिल्लाको समग्र शान्ति सुरक्षाको जिम्मा लिएको स्थानीय प्रशासन सडकको यस्तो हालत हुनुको कारण खोज्न सक्दैन या खोज्न चांहदैन । गल्छीवजार देखि बैरेनी महेशदोभान सम्मको सडक छेउको नाला कहाँ छ अहिले नालामा महल ठडिएका छन । निजी व्यवसाय चलेका छन तर पनि सरोकारवाला निकाय यस तर्फ कि चासो देखाईरहेको छैन ? यस्का दोषिलाई उन्मुक्ति दिने काम किन भईरहेको छ । कानून भनेको सबैका लागि बराबर लाग्नु पर्ने होइन र ?
देशका ६७ जिल्लालाई राजधानी संग जोड्ने राष्ट्रिय राजमार्गको यो हालत कहिले सम्म ?