रोड टु मोडलको अडिसन उपत्यका बाहिर पनि हुने

140 पटक पढिएको

प्रकाशित मिति: २ माघ २०७३, आईतवार १९:०२

सम्पादक: Dhading News

Road 2 Modelकाठमाडौं ÷ सौन्दर्य प्रतियोगीताहरुको भिडमा एक फरक सोच र उद्देश्यका साथ युवायुवतिको प्रतिभा उजागर गर्नका लागि ‘रोड टु मोडल’ २०१७ हुने भएको छ । यो प्रतियोगिता मोडलिङ क्षेत्रमा नै फरक हुने आयोजक संस्था दावि छ । सुत्र मोडलिङ एण्ड आर्ट क्रियशनको आयोजनामा हुने यस प्रतियोगीताका विजेताले नेपलाको प्रतिनिधित्व गर्दै फिलिपिन्स जाने पाउने छन् । प्रतियोगीताको आधिकारिक पोष्टर सार्वजनिक गर्दै आयोजक संस्थाले अडिसन फर्म खुल्ला भएको जनाएको छ । यस प्रतियोगीताको अडिसन उपत्यका बाहिरका शहरहरु चितवन, हेटौडा, पोखरा र विराटनगर लगायतको ठाउँमा हुने छ । यसबाट उपत्यका बाहिरका प्रतिभाहरुले यस प्रतियोगीतामा सहज रुपमा भाग लिन पाउने छन् । यो नेपालकै पहिलो एडभेन्चरस सौन्दर्य प्रतियोगिता हो ।
रोड टु मोडलका प्रतिस्पर्धिहरुलाई सञ्चार, एमसि, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि कक्षा, मोटिभेसन कक्षा साथै अन्य विभिन्न विषयमा प्रशिक्षण दिइने छ । यस प्रतियोगितामा भाग लिनका लागि आयोजक संस्था सुत्र मोडलिङ एण्ड आर्ट क्रियशनको कार्यलय तिनकुने ०१–६९२४१२३ नम्बरमा सम्पर्क राख्न सकिने छ भने रोड टु मोडलको आधिकारिक फेसबुकमा सम्पर्क गर्न सकिने छ ।


२ माघ २०७३, आईतवार १९:०२ मा प्रकाशित

समाचार

सबै

अवैध बालुवा खानी वन्द गर्न धादिङका प्रजिअको निर्देशन

 धादिङ–अवैधानिक रुपमा सञ्चालन भइरहेका बालुवा धुने उद्योग फिरफिरे यन्त्रलाई दिइँदै आएको विद्युत्त तुरुन्त काट्न स्थानीय प्रशासनले विद्युत्त प्राधिकरणलाई निर्देशन दिएको छ । घरायसी प्रयोजन भनेर.....

सुरुङमार्ग निमार्णको ५ स्थानमा सम्भाव्यता अध्ययन

सरकारको १४औं योजनामा प्राथामिकतामा परेको विभिन्न स्थानमार्फत शुरुङमार्ग निमार्ण गर्ने प्रक्रियालाई अघि.....

यी हुन् देउवा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली.....

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु.....

साक्षरताको नाममा नाटक मञ्चन ,पूर्ण साक्षर जिल्ला धादिङमा ल्याप्चे नै ल्याप्चे

धादिङ माघ २,  । चार बर्ष अघि धादिङ जिल्लालाई निकै तामझामका साथ पूर्ण साक्षर जिल्ला घोषणा गरियो । साक्षर जिल्ला.....