सन् २०३० सम्म चीनको जनसङ्ख्या एक अर्ब पैतालिस करोड पुग्ने

170 पटक पढिएको

प्रकाशित मिति: ३० फाल्गुन २०७३, सोमबार ०६:२६

सम्पादक: Dhading News

imageबेइजिङ (चीन)- विश्वकै धेरै जनसङ्ख्या भएको राष्ट्र चीनको जनसङ्ख्या आगामी सन् २०३० सम्म एक अर्ब ४५ करोड पुग्ने चीनले बताएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन आयोगका अनुसार आगामी १३ वर्षमा चीनको जनसङ्ख्या वृद्धि हुने देखिए पनि सन् २०५० सम्ममा भने यसमा केही कमी आई एक अर्ब ४० करोड पुग्नेछ ।

यद्यपि यस शताब्दीको अन्त्यसम्ममा भने चिनियाँ जनसङ्ख्या मा एक अर्ब १० करोडमा झर्नेछ । आयोगद्वारा चीनको जनसङ्ख्यासम्बन्धी यस रिपोर्टलाई शनिबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको थियो ।

चीनको जनसङ्ख्याका विषयमा व्यक्त गरिएका चासोलाई खण्डन गर्दे आयोगका उपप्रमुख वाङ पेइयानले भन्नुभयो, चीनमा जनसङ्ख्याको आगामी केही दशक वा एक सय वर्षभित्रसम्म कमी हुने छैन । चीनमा बुढापाकाको जनसङ्ख्या धेरै भएको र नयाँ पुस्ताले कम वा बच्चा जन्माउने वा बच्चा नै नजन्माउने भन्ने खबरहरू बाहिर आइरहेका बेला चीनद्वारा यो तथ्याङ्कलाई सार्वजनिक गरेको हो ।

वाङलाई उद्धृत गर्दै राज्य सञ्चालित पत्रिका ग्लोबल टाइम्स दैनिकले चीनमा काम गर्ने उमेर समूह अर्थात् १५ वर्षदेखि ६४ वर्षका नागरिकको जनसङ्ख्या एक अर्बभन्दा माथि रहेको र यो चीनको वर्तमान जनसङ्ख्याको ७३ प्रतिशत रहेको जनाइएको छ ।

उहाँले सन् २०२० सम्म काम गर्ने उमेर समूहको जनसङ्ख्या ९८ करोड ५० लाख हुनेछ भने सन्. २०५० मा यो जनसङ्ख्यामा केही कमीआई ८० करोड हुने बताउनुभयो ।

हाम्रो देशको काम गर्ने उमेर समूहको जनसङ्ख्याभन्दा अमेरिका र युरोपको सक्रिय नागरिकको जनसङ्ख्या धेरै कमी छ, वाङको दाबी छ । चीनमा अहिले एक अर्बभन्दा बढी सो उमेर समूह (१५–६४ वर्ष) का मानिसको जनसङ्ख्या रहेको र युरोप र अमेरिकाको सो उमेर समूहको जनसङ्ख्याभन्दा बढी छ । अर्थात् युरोप र अमेरिकाजस्ता विकसित राष्ट्रमा जम्मा सात करोड ३० लाख सक्रिय जनसङ्ख्या रहेको छ, वाङले भन्नुभयो । उनीहरूको उत्पादकत्व दर भने धेरै बढी छ ।

काम गर्ने जनसङ्ख्यामा आएको कमीसँगै देखिनसक्ने कामदारको समस्यालाई चीनमा प्रविधिको प्रयोगद्वारा सम्बोधन गर्ने योजना तथा कार्यक्रम भएको चीनले बताएको छ ।

वाङले चीनमा दुई बच्चा जन्माउनसक्ने नीति लिएसँगै चीनमा सन् २०१६ मा एक करोड ८० लाख ४६ हजार नयाँ शिशुले जन्म लिएका थिए । यो सङ्ख्या सन् २००० पछिको सबैभन्दा बढी जन्मदर हो । पीटीआई



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

३० फाल्गुन २०७३, सोमबार ०६:२६ मा प्रकाशित

समाचार

सबै

धादिङमा १२९ जनाका लागि खुल्यो जागिर (सूचना सहित )

धादिङ ।तपाई बेरोजगार हुनुहुन्छ र कामको खोजीमा लागि रहनु भएको छ भने धादिङको १३ वटै स्थानीय तहका लागि धेरै जना कर्मचारीको माग भएको छ । भुकम्प पिडितहरुको लागि भवन निर्माण कार्यमा आर्थिक तथा प्राविधिक सहयोग.....

राष्ट्रिय झण्डा घर, अफिसदेखि गाडीमा समेत राख्न पाइने

काठमाण्डौं -विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको नेपालीको शान राष्ट्रिय झण्डा विगतका सरकारी कार्यालय र सरकारी.....

राष्ट्रियसभाबाट राष्ट्रिय परिचयपत्र विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाबाट राष्ट्रिय परिचयपत्र विधेयक राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ पारित.....

बीआरआई विश्वसँग नेपाललाई जोड्ने महत्वपूर्ण ढोका

काठमाडौं, - नेपालको विकासका लागि विश्वसँग जोडिने सहज मार्ग खोल्नुपर्ने आवश्यकतामाथि विभिन्न विज्ञहरुले जोड.....

विप्लव माओवादीलाई धक्का, जिल्ला सेक्रेटरी पक्राउ

धादिङ, १ असोज – प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेकानेत्र विक्रम चन्द नेत्तृत्वको नेकपाका धादिङ जिल्ला.....

Categories