सडक सुरक्षामा संवेदनशील बन

101 पटक पढिएको

प्रकाशित मिति: १४ कार्तिक २०७४, मंगलवार ०७:३४

सम्पादक: Dhading News

 

22780715_1921313934786688_279053225097489106_nशनिबार ३१ जनाको ज्यान जाने गरी त्रिशूली नदीमा भएको कहालीलाग्दो बस दुर्घटनाले फेरि एकपटक सबैलाई सडक सुरक्षाप्रति संवेदनशील हुन झकझक्याएको छ । उक्त घटनाको भोलिपल्टै पुनः चितवनकै बस र ट्रिपर ठोक्किँदा २४ जना घाइते भएका छन् । नेपाल प्रहरीबाट दुर्घटनाको विवरण लिएर हेर्ने हो भने प्रायः दसैं–तिहारपछि कात्तिक लाग्नासाथै राजमार्गहरूमा सडक दुर्घटना बढ्ने गरेको देखिन्छ ।

आर्थिक वर्ष ०७३/७४ मा भएका १६ हजार ५ सय १५ सवारी दुर्घटनामा २ हजार ३ सय ८५ जनाले ज्यान गुमाएका र ती दुर्घटनामा परेर ४ हजार २ सय ५० जना गम्भीर घाइते, ८ हजार २ सय ९० जना सामान्य घाइते भएको तथ्यांकले हाम्रो दैनिक यातायात कति जोखिमपूर्ण छ भन्ने देखाउँछ । ठूला दुर्घटना हुनेबित्तिकै हतार–हतार छानबिन समिति गठन गरेर तत्कालीन आक्रोस वा आलोचना मत्थर गराउन सक्रिय हुने सरकारले समान प्रकृृतिका सानातिना दुर्घटनालाई भने चासो नै दिँदैन ।

सडक सुरक्षासँग जोडिएका निकायका अधिकारीहरूदेखि सरकारका जिम्मेवार अन्य अधिकारीहरूले समेत दुर्घटनालाई नियमित आकस्मिकता मात्र झारा टार्ने गरेको देखिन्छ । नेपालमा सडक दुर्घटनाको समग्र तथ्यांक हेर्ने हो भने समान अवस्था भएका विकासशील राष्ट्रहरूमध्येमै उच्च हुन सक्छ । दुर्घटनाको बढ्दो ग्राफ हेरेर तत्कालका लागि जुन चासो र संवेदनशीलता देखाइन्छ, वर्षका बाँकी समयमा भने पूरै बेवास्ता गर्ने प्रवृत्तिले जोखिमता अझ बढाएको छ ।

दुर्घटनाको कारण मानवीय, यान्त्रिक, वातावरणजन्य वा परिस्थितिजन्य जे पनि हुन सक्छ । हरेक पटकका दुर्घटना छानबिनले नेपाली सडकका प्रायः दुर्घटनाहरूमा चालकको लापरवाही, थोत्रा सवारी साधन, अत्यधिक लोडलाई मुख्य दोषी देखाउने गरेको पाइएको छ । करिब ३० प्रतिशत सवारी दुर्घटना यान्त्रिक र वातावरणीय कारणले हुने गरेको यस क्षेत्रका जानकारहरूले बताएका छन् ।

त्यो त मुख्य कारक हो नै, त्यसबाहेक यात्रु सुरक्षाका लागि यातायात व्यवसायीहरूले सामान्य मापदण्डसमेत पूरा नगर्दा नै बढी दुर्घटना हुने गरेको छ । केही सय रुपैयाँको लोभमा तोकिएको मापदण्डभन्दा बढी यात्रु बोक्ने प्रवृत्तिले तत्काललाई यातायात व्यवसायीहरूलाई केही मौद्रिक लाभ त पुगेको होला, तर त्यसले दैनिक यात्रा गर्ने हजारौं यात्रुको ज्यान जोखिममा पारिरहेको छ ।

सवारी साधनको अवस्थाका बारेमा नियमित चेकजाँच नहुनु नेपालमा दुर्घटना बढाउने मुख्य कारण बनेको छ । हर्नबाहेक बाँकी सबै थोक बज्ने बसहरूलाई अझै पनि घिच्याई–घिच्याई यात्रु बोक्न दिइरहने प्रवृत्ति यसका लागि गम्भीर दोषी छ । कम्तीमा २० वर्ष आयु पुगिसकेका सार्वजनिक यात्रुवाहक सवारी साधनलाई स्क्र्यापमा परिणत गर्नैपर्ने व्यवस्था मात्र कडाइका साथ लागू गर्दा पनि दुर्घटना कम गर्न सकिन्छ ।

हालसम्मका दुर्घटनाहरूको विवरण संकलन गरी अत्यधिक दुर्घटना हुने क्षेत्र (स्पट) हरूको पहिचान गरी त्यहाँ सडक पर्खाल लगाउने, आधुनिक लाइट पद्धति राखी जोखिम संकेत गराउने र मुख्य राजमार्ग क्षेत्रहरूमा अनिवार्य टाइमकार्डका साथै ठाउँ–ठाउँमा सिसिटिभी राखी चेकजाँच गर्ने व्यवस्था गरिहाल्नुपर्ने बेला भइसकेको छ ।

सबैभन्दा मुख्य सवाल भनेको सवारीचालकहरूको सीप, ज्ञान र उनीहरूको सचेतनासँग जोडिन्छ । कम्तीमा हरेक ६–६ महिनामा सार्वजनिक सवारी साधन चलाउने चालकहरूका लागि सवारी सुरक्षासम्बन्धी विशेष तालिमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता बढ्दै गएको छ । यसका लागि सरकारका विभिन्न कोषका नाममा संकलन गरिएको स्रोतका परिचालन गर्दै निजी क्षेत्रसँगको सहकार्यमा सुरक्षित सवारी सञ्चालनको रिफ्रेसर तालिमहरू सञ्चालन गर्न सकिए दुर्घटना केही हदसम्म कम गर्न सकिन्छ ।

-कारोवार दैनिकबाट 


१४ कार्तिक २०७४, मंगलवार ०७:३४ मा प्रकाशित

समाचार

सबै

अवैध बालुवा खानी वन्द गर्न धादिङका प्रजिअको निर्देशन

 धादिङ–अवैधानिक रुपमा सञ्चालन भइरहेका बालुवा धुने उद्योग फिरफिरे यन्त्रलाई दिइँदै आएको विद्युत्त तुरुन्त काट्न स्थानीय प्रशासनले विद्युत्त प्राधिकरणलाई निर्देशन दिएको छ । घरायसी प्रयोजन भनेर.....

सुरुङमार्ग निमार्णको ५ स्थानमा सम्भाव्यता अध्ययन

सरकारको १४औं योजनामा प्राथामिकतामा परेको विभिन्न स्थानमार्फत शुरुङमार्ग निमार्ण गर्ने प्रक्रियालाई अघि.....

यी हुन् देउवा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली.....

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु.....

साक्षरताको नाममा नाटक मञ्चन ,पूर्ण साक्षर जिल्ला धादिङमा ल्याप्चे नै ल्याप्चे

धादिङ माघ २,  । चार बर्ष अघि धादिङ जिल्लालाई निकै तामझामका साथ पूर्ण साक्षर जिल्ला घोषणा गरियो । साक्षर जिल्ला.....