खानीमा व्लास्टिङ गर्ने क्रममा उछुटिटएको ढुगांले लागेर मलेसियामा एक नेपालीको ज्यान गयो

779 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

रामचन्द्र नेपाल

क्वालालाम्पुर । मलेसियामा एक नेपालीको ढुंगाले लाग्दा ज्यान गएको छ । जोहोरवारुको जलान २ वन्दर श्री आलममा रहेको ढुगा खानीमा व्लास्टिङ गर्ने क्रममा उछुटिटएको ढुगांले लागेर ड्राईग ट्याक कम्पनीमा कार्यरत उदयपुर कटुन्जे बबला ८ ढाक्रे घर भएका अन्दाजी २३ वर्षका लुहान राईको ज्यान गएको हो ।

शुक्रवार दिउँसो रेष्टको समयमा खाना खाईसकेपछि फेरि डिउटी गरिरहेको अवस्थामा ब्लास्टिङ गरेको ढुगा एक्कासी कम्पनीको छानामाथि आएर वजि्रएको थियो । ढुगा छानो छेडर कम्पनीभित्र खस्दा राईको ज्यान गएको हो । ब्लास्टिङ भएको स्थान र उक्त कम्पनी करीव एक किलोमिटर टाढा रहेको भिम तामाङले जानकारी गराएका छन् ।

घटनामा नेपाली दुई सहित १० जना विदेश कामदारहरु घाईते भएका थिए । तामाङका अनुसार घाईतेहरुको जोहोरको सुल्तान अस्पतालमा उपचार पश्चात होस्टलमा फर्किएका छन ।

स्थानिय पत्रिकाहरुले जनाए अनुसार घटनामा १८ वटा जति कार र करीव १४ वटा कम्पनीमा सामान्य क्षति पुगेको छ । कतिपय कम्पनीका झयालका सिसाहरु फुटेका छन ।

राई २६ महिनादेखि मलेसियामा कार्यरत रहेका थिए । मृतकका आफनै सहादर दाजु सामाण्डु राई पनि घटना घटेको ठाउँभन्दा पाँच मिनेट टाढा पर्ने अर्को कम्पनीमा कार्यरत छन । हाल मृतक राईको शव पोस्मार्टमकेा लागि स्थानिय अस्पतालमा लगिएको छ ।