फोटो ग्यालरी

बिद्यार्थीलाई भूकम्पीय जोखिम न्यूनिकरण सम्वन्धि सचेतना

धादिङबेसी -राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर शशस्त्र प्रहरी बलले बिद्यार्थीसंग भूकम्पीय जोखिम न्यूनिकरण सम्वन्धि सचेतना कार्यक्रम गरेको छ । भुकम्प दिवसको सन्दर्भ पारेर सदरमुकाममा रहेको सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्मले बुधवार नीलकण्ठ मावि धादिङबेसीको कक्षा १० मा अध्ययनरत छात्रछात्रा तथा शिक्षकहरुलाई भुकम्पिय जोखिम..

प्रदेश सुशासन केन्द्रको निर्देशकमा बिमल पोखरेल नियुक्त

हेटौंडा, - बागमती प्रदेश सरकारले प्रदेश सुशासन केन्द्रको निर्देशकमा बिमल पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । पुस २८ गते बसेको प्रदेशको मन्त्रिपरिषको बैठकले दोलखाका पोख्रेललाई ४ बर्षका लागि निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसैगरी पुस २८ गते नै बसेको मन्त्रिपरिषद बैठकले सामाजिक बिकास मन्त्रालय मार्फत मदन भण्डारी..

प्रशंसा साना किसान कृषि सहकारी संस्थाको आठौ साधारणसभा सम्पन्न

खनियावास - प्रशंसा साना किसान कृषि सहकारी संस्था लि को आठौ साधारणसभा सभा मंगलबार खनियावास गाउँपालिका वडा नं २ कोखिममा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष गेवापेसाङ तामाङको अध्यक्षतामा भएको कार्यक्रममा गैरसरकारी संस्था महासंघ बागमती प्रदेश समिति अध्यक्ष एवम प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालको प्रमुख आतिथ्य रहेको..

माघे संक्रान्तिमा नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाइने

धादिङ- विगतका बर्षमा जस्तै यो बर्ष पनि माघे संक्रान्तिका अवसरमा नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाइ मेला हुने भएको छ । सदरमुकाम विदुरदेखि २५ किलोमिटर दक्षिणमा रहेको तारुकाको चन्दनीमा यसवर्ष १७ हल गोरु जुधाइने भएको छ । माघे संक्रान्तिमा नुवाकोटको तारकेश्वर गाउँपालिका –२ स्थित तारुकाको चन्दनी र विदुर नगरपालिका–१० बेत्रावती र..

ढोडेनीमा घर घरमा खानेपानी आउन थालेपछि गाउँले भए खुसी

गजुरी- धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ को ढोडेनी गाउँमा खानेपानी आयोजना सम्पन्न भई घर घरमा धारा मार्फत पानी वितरण हुन थालेको छ । अन्र्तराष्ट्रिय गैर सरकारी संस्था अक्सफामको सहयोगमा प्रयास नेपाल धादिङले पुर्णिमा कार्यक्रम अन्तरगत संचालित योजनाबाट ढोडेनीका ४२ घरमा धारा मार्फत सबै घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध गराएपछि..

सञ्चारकर्मी उदयराज शर्माको ‘एक बारको जुनिमा’ म्यूजिक भिडियो सार्वजनिक

धादिङ । धादिङ जिल्लाको गाउँबस्ती , पाखा पखेरा र भन्ज्याङ चौतारीहरुमामा छायाँकन गरिएको ‘एकबारको जुनिमा’ बोलको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सञ्चारकर्मी उदयराज शर्माले निर्माण गरेको सो म्यूजिक भिडियोमा शर्माको गित,निर्देशन, सम्पादन र अभिनय समेत रहेको छ । म्यूजिक भिडियोलाई चर्चित कलाकार अनुमती नेपालीले साथ दिएकी छिन ।..

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस देशैभर मनाईदै

धादिङ न्यूज समाचारदाता काठमाडौं । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर नेपाल एकीकरणका अभियन्ता पृथ्वी नारायण शाहको योगदान लाई सम्झंदै विभिन्न कार्यक्रमका साथ  मनाइँदैछ । सरकारी तहबाट पृथ्वी जयन्ती तथा एकता दिवसका अवसरमा कुनै औपचरिक कार्यक्रम आयोजना नगरिएको भएपनि सामाजिक संघ..

बरिष्ठ पत्रकार सीताराम प्रसाद बर्माको शालिक निर्माण गरिने

धादिङ - नेपाल पत्रकार महासंघ धादिङ शाखाका संस्थापक सभापति एवं प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार सीताराम प्रसाद बर्माको शालिक निर्माणका लागि प्रस्ताव गरिएको छ । नेपाल पत्रकार महासंघ धादिङ शाखाको शुक्रवार सम्पन्न २२ औं साधारण सभाको अवसर पारेर महासंघका केन्द्रिय सदस्य हरिहरसिंह राठौरले उक्त प्रस्ताव ल्याएका हुन । तीन दशक देखि..

धादिङबेसीको दुर्घटनामा घाईते शंकर अधिकारीको मृत्यु

धादिङ – शनिवार बेलुकी धादिङबेसी बिचवजारमा भएको दुर्घटनामा परि गम्भिर घाईते भएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–६ घर भई सदरमुकाम धादिङबेसीमा व्यवसाय गर्दै आएका ४० बर्ष का शकर अधिकारी रहेका छन । केही समय अघि सम्म पुछार वजारमा जलेश्वरी गेष्ट हाउस सञ्चालन गर्दै आएका अधिकारी पछिल्लो समय..

माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । माघे संंक्रान्तिका दिनलाई नेपालका विभिन्न जाती र समुदायले फरक फरक ढंगबाट पर्वका रुपमा मनाउने गर्दछन । माघी,मकर संक्रान्ति भनेर पनि यस दिनलाई चिनिन्छ । तराईका थारु र पहाडका..

विभिन्न कार्यक्रमका साथ भैरबी सहकारीको १९ औं बार्षिक साधारण सभा सम्पन्न

धादिङबेसी- भैरबी बचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिङबेसीको १९ औं बार्षिक साधारण सभा विभिन्न कार्यक्रमका साथ शनिवार सम्पन्न भएको छ । साधारण सभाले संस्थाका महासचिव रामलाल श्रेष्ठको केही महिना अघि असामयिक निधन भएपछि रिक्त हुन गएको महासचिव पदमा सचिव शान्तबिक्रम वानियाँलाई,सचिव पदमा राजकुमार श्रेष्ठलाई र सदस्य पदमा चिनामाया..

प्याब्सन धादिङको अध्यक्षमा विनोदमान श्रेष्ठ चयन

धादिङ २५ पुस  । निजी तथा आवासीय बिद्यालय अर्गनाईजेशन (प्याब्सन )धादिङको अध्यक्षमा विनोदमान श्रेष्ठ चयन हुनुभएको छ । अध्यक्षमा चयन हुनु भएका श्रेष्ठ सदरमुकाम धादिङबेसीमा रहेको चिल्ड्रेनपार्क आवासिय माध्यमिक बिद्यालयको संस्थापक हुनुहुन्छ । शुक्रवार धादिङबेसी स्थित प्याव्सन कार्यालयमा सम्पन्न विशेष भेलाले श्रेष्ठको अध्यक्षतामा..

धादिङका ५ जना पत्रकार पुरस्कृत

धादिङ- धादिङ जिल्लामा रहेर पत्रकारिता गरिरहेका ५ जना पत्रकारहरु शुक्रबार धादिङबेसीमा पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ धादिङ शाखाको २२ औं साधारण सभाको अवसर पारेर पत्रकारहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो । महासंघका संस्थापक सभापति सिताराम प्रसाद बर्माको स्मृतिमा स्थापना गरिएको सीताराम वर्मा स्मृती स्वास्थ्य..

नेपाल पत्रकार महासंघ धादिङको २२ औं साधारणसभा सम्पन्न

धादिङबेसी- नेपाल पत्रकार महासंघ धादिङको २२ औं साधारणसभा शुक्रवार धादिङबेसीमा सम्पन्न भएको छ । महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुलीको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्ट रहनु भएको थियो । साधारण सभालाई महासंघका केन्द्रिय सचिव रामप्रसाद दहाल, वागमती प्रदेश सञ्चार..

धादिङ संचार सहकारी संस्थाको तेश्रो अधिबेशन सम्पन्न

धादिङ । धादिङ संचार सहकारी संस्थाको तेश्रो अधिबेशन तथा नवौं साधारणसभा शुक्रवार धादिङबेसीमा सम्पन्न भएको छ । अधिबेशनले आगामी चार बर्षका लागि पोषनाथ अधिकारीको अध्यक्षतामा ११ सदस्यिय संचालक समितिको चयन गरेको छ । संस्थाको उपाध्यक्षहरुमा मुरारी अधिकारी र गोकर्ण दुवाडी , महासचिवमा केशव अधिकारी, सचिवमा कृष्णप्रसाद ढकाल र कोषाध्यक्षमा..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad