भदौ ३० गतेदेखि प्रभु बैंकको एकीकृत कारोबार

552 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं – चारवटा बित्तिय संस्था गाभिएर बन्न लागेको प्रभु बैंक लिमिटेडले भदौ ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ ।

prabhu-bank-logo-2एकीकृत कारोबारका लागि राष्ट्र बैंकले अनुमति दिएपछि बैंक ब्यबस्थापनले भदौ ३० देखि एकीकृत कारोबार थाल्ने तयारी गरेको हो ।

‘हामी एकीकृत कारोबारको तयारीमा लागिसकेका छौं’ प्रभु बिकाश बैंकका अध्यक्ष देवीप्रकाश भट्टचनले भने । प्रभू विकास बैंक, किष्ट बैंक, गौरिशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स गाभिएर प्रभू बैंक बन्न लागेको हो ।

गत असार मसान्तसम्ममा प्रभु विकास बैंकले १८ करोड, गौरीशंकरले ७ करोड, जेनिथले ६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यी तिनवटै संस्थाले कुल ३१ करोड ५९ लाख रुपैयाँ नाफा कमाएका छन्  किष्ट बैंक ३१ करोड रुपैयाँ घाटामा रहेको छ ।

किष्टको घाटाका कारण एकीकृत कारोबार पश्चात प्रभु बैंकको नाफा ५९ लाख ८२ हजार रुपैयाँ हुने भट्टचनले जानकारी दिए । चारैवटा संस्थाहरुले असार मसान्तको वित्तीय विवरण भने सार्वजानकि गरिसकेका छैनन् ।
‘ग’ बर्गको ‘प्रभु बित्तिय संस्था’का रुपमा ८ बर्षअघि स्थापित बिभिन्न संस्थालाई आफुमा गाभ्दै बिकाश बैंक बनेको थियो । क बर्गको किष्ट बैंक र अन्य तीन बित्तिय संस्थासाग गाभिएपछि प्रभु अब ‘क’ बर्गको बाणिज्य वैंक बनेको छ ।

शाखा र एटीएमममा पहिलो निजी बैंक

मर्जपछि बन्ने बैंकको शाखा संख्या १ सय १२वटा हुनेछ भने एटीएम संख्या १ सय १० वटाभन्दा बढी हुनेछन । अहिलेसम्म निजीक्षेत्रका प्रमोटरले सञ्चालन गरेको कुनै पनि बैंकका शाखा तथा एटीएम यतिधेरै छैनन् । त्यसैगरी मर्जपछि बन्ने बैंकमा १२ सय कर्मचारी हुनेछन् भनेग्राहक संख्या ७ लाखभन्दा बढी हुनेछन् ।

नयाँ बैंकको चुक्ता पुँजी ३ अर्ब ८ करोड

मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३अर्ब ८ करोड रूपैयाँ हुनेछ । गत चैत मसान्तसम्ममा प्रभुले ७६ करोड ५९ लाख, किस्ट २ अर्ब, गौरिशंकरले २१ करोड र जेनिथ फाइनान्सले २३ करोड रुपैयाँपुँजी चुक्ता गरिसकेका छन । तर, सेयर स्वाप गर्दा संस्थाहरूले चुक्ता गरेकोपुँजी घटेको हो । सेयर स्वाप रेसियामा किष्टको १ अर्ब ८४ करोड ६२ लाख, प्रभुको ८२ करोड १८ लाख, गौरिशंकरको २२ करोड ५३ लाख र जेनिथ फाइनान्सको १९करोड ३८ लाख रुपैयाँको चुक्ता पुँजी कायम गरिएको छ ।

निक्षेप, कर्जा र नाफाको अवस्था

गत चैतसम्ममा प्रभुले १० अर्ब ४८ करोडरुपैयाँ निक्षेप र ७ अर्ब २७ करोड कर्जा प्रवाह गरी ७ करोड ९२ लाख रुपैयाँखुद नाफा आर्जन गरेको छ। त्यसैगरी किष्टले १९ अर्ब ६७ करोड निक्षेप संकलन र१४ अर्ब ५१ करोड कर्जा प्रवाह गरेको छ । यस अविधमा बैंक २३ करोड रूपैयाँलेघाटामा छ । त्यसैगरी जेनिथले १ अर्ब ७ करोड निक्षेप गरी ९० करोड कर्जाप्रवाह गरेको छ भने गौरिशंकरले १ अर्ब ३८ करोड निक्षेप संकलन गरी १ अर्ब ९करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

कसको सेयर अनुपात कति ?

मजर्रको स्वीकृति पाएका संस्थाहरूको विषेशसाधारणसभाले सेयर अनुपात स्वीकृति गरिसकेको छ । किष्ट बैंकको प्रतिसय सेयरबराबर ९७.३१, प्रभु विकास बैंकको सय सेयर बराबर १०७.३१, गौरीशंकरडेभलपमेन्ट बैंकको पनि १०७.३१ र जेनिथ फाइनान्सको प्रति सय सेयर बराबर९२.३१ सेयर कायम गर्ने प्रस्ताव साधारण सभाले स्वीकृत गरिसकेको छ ।

अध्यक्ष र व्यवस्थापन नफेरिने

प्रभु बैंकको सञ्चालक समितिको अध्यक्षमादेवीप्रकाश भट्टचनले नै नरिन्तरता पाउने छन भने विद्ममान व्यवस्थापन पनिपरिवर्तन गरिने छैन । बैंकको प्रमुख कार्यकारी अधिकृतमा कुमार लम्साल र नायब प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन नै रहने बताइएको छ अनलाईन खबर डट कमले खबर लेखेको छ ।