रसुवाको तिरुमा बल्यो बिजुली

629 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

bijuli balyoरसुवा, २६ मङ्सिर । राष्ट्रिय प्रसारणको पहँुच नपुगेको हाकुको तिरु गाउँमा माइक्रोहाइड्रोमार्फत विद्युत् सेवा विस्तार भएको छ ।

दालदुङ खोला लघु जलविद्युत् आयोजनाका अध्यक्ष रमेश घलेका अनुसार गाउँ नजिकै खोलामा खेर गएको पानीलाई सदुपयोग गर्दै १४ किलोवाट क्षमताको माइक्रोहाइड्रो जल विद्युत् निर्माण भएपछि हाकु गाविस–८ तिरु गाउँका १३१ घरपरिवारमा बिजुली बत्ती उपभोगको सेवा पुगेको छ ।

रु ७३ लाखको लागतमा निर्मित उक्त माइक्रोहाइड्रो जडान गर्ने कार्यका लागि जिविस तथा गाविस, गरिबी निवारणकोष वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र स्थानीय उपभोक्ताले आवश्यक रकम तथा जनश्रमदान ब्यहोरेको बताइएको छ ।

लघु ऊर्जा उत्पादनले साँझ बिहान बालबालिकाले पढ्ने र कम्प्युटर शिक्षा हासिल गर्न थालिसकेको र ग्रामीण समुदायको आर्थिक शक्ति माथि उकास्न कुखुरापालन, फर्निचर निर्माण र खाद्यान्न कुटानी पिसानीको मिल सञ्चालनको तयारी भइरहेको अध्यक्ष घलेले बताउनुभयो ।