मेरो माइक्रोफाइनान्सको दोस्रो साधारण सभा सम्पन्न

1097 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं १ माघ – मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको दोस्रो वार्षिक साधारण काठमाण्डौमा सम्पन्न गरेको छ ।  कारोवार प्रारम्भ गरेको पहिलो बर्षमा नै १० जिल्लामा १५ वटा शाखा मार्फत आफ्नो सेवा संचालन गरको छ ।यस माइक्रो फाइनान्साले गत आ.ब. सम्म १३,३९७ ग्राहक सदस्य, ८,४९१ ऋणी सदस्य, रु. ४० करोड ७१ लाख लगानी गरी १ करोड ५७ लाख रुपैया बचत संकलन गरेको छ । गत आ.ब.मा फाइनान्सले रु. २८ लाख खुद नाफा आर्जन गर्न सफल भएको फाइनान्सका प्रबन्धक नबराज दाहाल जनाएका छन ।

फाइनान्सले यसै आ.ब. भित्र सर्वसाधारणको शेयर निस्काशन गर्ने कुराको समेत जानकारी जनाएको छ । साथै फाइनान्सले नायव प्रमुख कार्यकारी अधिकृतमा Mero microfinanceरामहरि दाहाललाई नियुक्त गरेको छ ।

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड नेपालका ८ वाणिज्य बैंक र २ विकास बैंकका संयुक्त लगानिमा स्थापना भएको राष्ट्रिय स्तरको वित्तीय संस्था हो ।