प्रिय ! तिमी पिलो होइन्, एचआइभी जस्तो भयौ

574 पटक पढिएको

प्रकाशित मिति: २०७१, १० चैत्र मंगलवार ०७:२०

सम्पादक: धादिङ न्यूज

तिमी जसरी आयौ नि, त्यो भन्दा अज्जर भएर मेरो मुटुमा बस्यौ । सानोतिनो काँडा भएको भए सियोले पनि निकाल्थेँ होला, पिलो भएको भए जसोतसो निचोरेर फालिदन्थेँ होला तर तिमी त पिलो र काँडा भन्दापनि एचआइभी एड्स जस्तो भएर पो बसिछौ, लागेपछि परान रहुन्जेल नछाड्ने !

शब्दहरुको छलाङबाट आज फेरि म मेरो जीवनको ठूलो युद्ध लड्ने तर्खरमा छु । तिमीलाई, कस्तो युद्ध ? भन्ने लाग्न सक्ला । तर मेरा लागि भने यो युद्ध जीवनकै सबैभन्दा सफल उपलब्धि सावित हुनेछ । हरेक मानिसको जिवनमा जोडिएको तितो यथार्थलाई अंगाल्नका लागि पनि मैले यो युद्ध लड्नैपर्छ । अनि जित्नुपर्छ, तिमीलााई । हो जसरी पनि जित्नुछ यो युद्ध । मेरो जीवनमा जसरी सहज रुपमा तिमी आयौ नि, त्यसरी नि गएकी भए मैले यो युद्ध लड्नु पर्दैन थियो होला अझै भन्नु पर्दैन थियो । तर तिमी जसरी आयौ नि, त्यो भन्दा अज्जर भएर मेरो मुटुमा बस्यौ । सानोतिनो काँडा भएको भए सियोले पनि निकाल्थेँ होला, पिलो भएको भए जसोतसो निचोरेर फालिदन्थेँ होला तर तिमी त पिलो र काँडा भन्दापनि एचआइभी एड्स जस्तो भएर पो बसिछौ, लागेपछि परान रहुन्जेल नछाड्ने । तिमीलाई थाहा छैन होला, जुन जीवन मैले बाँच्दै आएको छु, यो तिमीबिना अधुरो छ, अनि अपूरो पनि । भाग्य नभएपनि तिमी छौ जस्तो लाग्थो मलाई । मलाई मात्रै लागेर पनि कहाँ हुने रहेछ र, हुन त चाहेको सबैकुरा पाइने भए, संसारमा को चाँहि मानिस दुखी हुने थियो र ? मेरो हरेक धड्कनसँगै धड्किरहेकी तिमीलाई मेरो मनको क्यान्भासमा बसाउन खोजेको मात्रै हो मैले ।

समाजमा एकल यात्रीको रुपमा परिचित मेरो जीवनमा जसरी तिमी जोडियौं नि त्यसपछि होला मैले सपना बुन्न थालेको । अवसर र प्रयोगको रुपमा हेरेकी तिमीसँग आफ्नो भविष्य देख्ने भुल मैले नै गरेको हूँ । हो म आफै स्वीकार्दै छु मेरो मायाको हत्यारा मै हुँ । फेरिपनि तिमीले मेरो मनलाई शान्त पार्नका लागि भनौं या केही मसँग भएको खुसी लुट्न मायाको जाल रच्यौं नि हो त्यतिबेलै हो मेरो जीवनमा खुसी भन्ने जिनिसले पैठेजोरी खेल्न आएको । हाँस्न नजानेको मानिशलाई हाँस्न सिकायौं र कहिल्यौं हाँसो नर्फकने गरी अलविदा भयौं । अहिले आएर बल्ल मेरो भ्रमको ठोका खुल्ला भएको छ । सर्पले काँचुली फेरैजस्तै आफूलाई परिवर्तन गर्न खोज्दैमा तिमी सफल हुन्नौं । थाहा छ, तिमी गएपनि तिमीले तिम्रो याद छोडेर गएकी छौं । सुविन भट्टराई लेखेको किताव ‘समर लभ’ मा भनेका छन्– ‘माया आउँदा एकथोक लिएर आउँछ, जाँदा सवथोक लिएर जान्छ’ अनि भनेका छन् ‘रोएर मन हलुका हुने भए यो संसार उहिल्यै आँशुको सागरमा डुब्थो होला ।’ हो मलाई पनि अहिले त्यस्तै भएको छ । अनि मैले रोएर आफूलाई किन कमजोर बनाउने भन्दै फिस्स हाँसेको जस्तो गरिरहेको छु । हो हाँसेको जस्तो मात्रै । तिमीलाई थाहा नहुन सक्छ मानिस हाँस्दा हाँस्दै रुन सक्छ । तर रुँदारुँदै हाँस्न सक्दैन किनकी हाँसो भनेको नाटक हो अनि आँशु भनेको जिन्दगी’ । त्यसैले मैले आफ्नो जिन्दगी जिउँदै छु ।

कल्पना र सपना बनेर आएकी तिमी लक्ष्य बनेर जीवनमा उदाएपछि मैले आफ्नो भविश्य तिमी देख्न थालेँ । मैले आफ्नो हैसियत भन्दा ठूलो लक्ष्य पनि लिएको थिइन् तर यसरी मलाई लडायौं नि मलाई । हो अव म कहिल्यैं उठ्न सक्दिन पनि । टाढाको मानिसले भन्दा नजिकको मानिसले दिएको चोटले सबैभन्दा बढी पीडादायी हुन्छ भन्ने थाहा हुन्छ । किनकी नजिकको मानिसलाई थाहा हुन्छ कहाँबाट प्रहारवाट गर्दा यसलाई बढी दुःछ भनेर । हो तिमी पनि त्यसैकारण मेरो नजिक भएकी थियौ होला । मलाई बढी पीडा दिन ।

हाम्रो सम्वन्ध समान्य रुघाखोकी जस्तो, आएको थाहा हुन नपाउँदै बिसेक हुने खालको भयो । तर मैले तिमीसँग कल्पना गरेको सम्वन्ध भनेको एचआईभी एड्स जस्तो थियो, जुन एकपटक लागेपछि जिन्दगीभरी छाड्दैन । छाड्छ त केबल श्वासहरुको विश्रामसँगै मलामीहरु घाटमा गएपछि । हो आजपनि, अहिलेपनि म तिम्रो मायामा लिप्त भएको छु । मेरो जीवन तिम्रो पर्खाई र अभावमा बित्न थालेको छ । हराइएको मानिसलाई खोज्न सजिलो हुन्छ तर लुकेको मानिसलाई खोज्दा भेट्न सकिँदैन भन्ने जान्दाजान्दै पनि लुकिरहेकी तिमीलाई खोजेर यो संसारलाई नै चुनौती दिन खौज्दैछु । चुनौती त तिमीले पनि दिएकी थियौं नि, आफ्नो होइन र मेरो हैसियत भन्दा टाढा गएर । बुढापाकाले भनेको सुनेको थिएँ ‘आकाशको फल आँखा तरी मर ।’ तिमीलाई आकाशको फल भन्नु परेको छ । थाहा छ तिमीलाई मैले आफ्नो आमा बाबुलाई नगरेको माया तिमीलाई गरेको थिएँ । मायाको प्यासी म हराएको चिज पाएजस्तो मात्र भएको हो र ?

आज म दुनियाँको अगाडि कसम खाएर भन्दैछु ‘मुना–मदन,’ ‘रोमियो–जुलेट,’ भनेर नमुना जोडीको नाम लिने यो समाजले तिम्रो र मेरो नम लिनेछन् । हो नाम लिनेछन्, किनकी म तिमीलाई प्रेम गर्छु । साँचो प्रेम, अनि दुनियाँले नगरेको प्रेम ।
तिमी राम्री भएर मैले मन पराएको होइन बरु मलाई मन परेपछि भने तिमी औंधी मन पर्न थालेकी छौ । तिमीलाई राम्री देखेर मन पराएको भए मैले तिमीभन्दा राम्री अरु नदेखुन्जेलसम्म मात्र गर्थेँ होला । त्यसैले मैले तिमीलाई मन परेपछि राम्री लागेकी हौ । मेरो मायामा यसरी डेरा जमायौं नि तिमीले, हो म त्यही मायाको मोहीयानी हक खौज्दैछु । मलाई तिमीले छाडेपनि मलाई कुनै असर पर्दैन । मैले को नै गुमाउँदै छु र असर त तिमीलाई पनुपर्ने हो नि, यति धेरै माया गर्ने मान्छे गुमाउदै छौ तिमीले । हो, तिमीले ठीक भनेकी थियौ– मुटु तिम्रो पनि थियो, मुटु मेरो पनि छ । फरक यत्ति हो तिम्रो मुटु पत्थरको थियो तिमीलाई असर परेन मेरो काँचको थियो फुट्यो । हुनत यी सबैकुरा तिमीलाई सुनाएर पनि मैले के नै गर्न सक्छु र ? म तिमीजस्तो कठोर बन्न सक्छु तर तिमी म जस्तो कहिल्यै बन्न सक्दिन कारण तिमीमा मानवता छैन ।
‘सजाय पाउन अपराध गरिराख्नु पर्दैन, प्रेम गरे पुग्छ’ भन्ने अवस्थामा ल्यायौ तिमीले । हाँस्ने मुखभन्दा रुने आँखा माथि भएकाले हुनसक्छ, यो आँखाले सवै आफूमाथि भएको प्रभुत्व जमाइरहन्छ । अनि बर्षन्छ अविरल । फेरि पनि म सबैको सामु भन्र्दैछु –मेरो नामको फेसबुक एकाउन्ट तिम्रो नामको पासवर्ड बिना चल्दैन ।’ हो चल्दैन । सायद यसैकारण होला आज बेदनाका र पीडाका गीतमा मानिस आफ्नो जीवन खोजिरहेका र जन्मन्छन यस्ता गीत– छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए, किन तिम्रो मायाको भीख माग्नु पर्थ्र्यो र !

उही सन्दिप भट्ट ‘घायल मुटु’

सेतोपाटीबाट

 



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७१, १० चैत्र मंगलवार ०७:२० मा प्रकाशित