तपाईको आजको राशिफल

823 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

२०७२ साल असार ८ गते मंगलबार
आजको पञ्चाङ्ग
imagesमिति २०७२ साल आषाढ ८ गते मंगलबार, तदनुसार जून २३ सन् २०१५, श्रीशाके १९३७, नेपाल संवत् ११३५, कीलकनामकः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार अधिकआषाढशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज अधिकआषाढशुक्लपक्षको सप्तमी तिथि ५१ घटि ३५ पला अर्थात रातिमा १ बजेर ४९ मिनेटसम्म त्यसउप्रान्त अष्टमी तिथि लाग्नेछ । आज सूर्य मिथुन राशिमा, चन्द्रमा सिंह राशिमा ४३ घटि २० पला अर्थात रातिमा १० बजेर ३१ मिनेटसम्म त्यसउप्रान्त कन्या राशिमा प्रवेश गर्नेछ । आज दिनमान ३४ घटि ३६ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ११ मिनेटमा जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ७ बजेर १ मिनेटमा हुनेछ ।

आजको राशिफल
मेष ः गरेको सबै कार्यमा बाधा हुने, मानसिक अशान्ति, यात्रामा कठिनाई हुने, चिन्तापर्ने समाचार प्राप्त हुनेछ ।
वृष ः साथी संगीहरुसँग कलह, पेट वा कम्मरको रोग लाग्ने, मनपरेको खानामा अवरोध आउनेछ, दिन खराब छ ।
मिथुन ः परिवारसँग विवाद पर्नेछ, व्यापारीक क्षेत्रमा मन्दी आउनाले नोक्सान बढ्न जानेछ, समय खराब छ ।
कर्कट ः आरोग्यता, प्रशन्नता, आर्थिक पक्ष सवल रहने, मिष्ठान्न भोजन प्राप्ति, नवीन कार्यको थालनी गर्दा राम्रो हुनेछ ।
सिंह ः एक्कासी नयाँ वस्तु फेला पर्ने, उत्कृष्ठ सरकारी सम्मान पाउन सकिने, शैक्षिक क्षेत्रबाट उत्कृष्ट नतिजा हाँसील ।
कन्या ः एक्कासी आँखामा खराबी आउन सक्ने, धनमाल चोरी हुन सक्नेछ, आफूले गरेको कार्यमा बिरोधी बढ्नेछन् ।
तुला ः आफन्तको टकरावले दिनभर तनाव, पेशाप्रति असन्तुष्टि, आम्दानीमा गिरावट, अनावश्यक झमेला थपिनेछ ।
वृश्चिक ः स्वास्थ्य राम्रो रहनेछ, आदर सत्कार पाइने कार्यमा सरिक हुन पाइने, पारिवारिक सहयोग पाइने, प्रेम प्रसँग समधुर ।
धनु ः गरेका कार्य अधुरा हुनेछन, यात्रा तथा कार्यमा बाधा, आफ्नो बारेमा आफन्तलेनै कुरा काट्ने छन् ।
मकर ः टाढाबाट धन प्राप्ति हुन सक्नेछ, नयाँठाउँको भ्रमण गर्दा मनमा आनन्द, राजनीतिक सक्रियता बढ्नेछ ।
कुम्भ ः स्वास्थ्यमा खरावी आउन सक्ने, समय विवादित रहनेछ, चोटपटकको भय, नकरात्मक सोचाइले आँफैलाई घाटा ।
मीन ः यशकीर्ति बढ्न,े शत्रुमाथि विजयी हुने, अधुरा कार्य आज पूरा, पुराना मित्रसंग भेटघाटको अवसर मिल्नेछ ।

साइत ः आज पूर्व बाहेक अन्य कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।

शुभ, लाभ र अमृत बेला ः २०७२ साल आषाढ ८ गते मंगलबार बिहान ५ः११ बजेदेखि ६ः४१ बजेसम्म रोग बेला, बिहानमा ६ः४१ बजेदेखि ८ः११ सम्म उद्वेग, बेला बिहानमा ८ः११ बजेदेखि ९ः४१ बजेसम्म चर बेला, बिहानमा ९ः४१ बजेदेखि ११ः११ बजेसम्म लाभ बेला, बिहान ११ः११ बजेदेखि दिनमा १२ः४१ बजेसम्म अमृत बेला, दिनमा १२ः४१ बजेदेखि २ः११ बजेसम्म काल दिनमा २ः११ बजेदेखि ३ः४१ बजेसम्म शुभ ३ः४१ बजेदेखि ५ः११ बजेसम्म रोग बेला रहनेछ । यसमा अमृत भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय ः दिनमा ३ः०० बजेदेखि ४ः३० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

राशिफल लेखक–युवा ज्योतिषी ः हरि पन्त,