नेपालका चार उत्कृष्ट ब्यक्तीलाई स्वच्छ नागरिक सम्मान प्रदान गरिने

728 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 
विजय थापा 
भर्जिनिया ,अमेरिका
 
अमेरिकाको टेक्सास राज्यमा रहेर नेपालको भष्ट्राचार अन्त्यका लागि बिभिन्न कार्यहरु गर्दै आएको संस्था हेम सरिता पाठक प्रतिष्ठानले नेपालका उत्कृष्ट चार जना ब्यक्तीहरुलाई स्वच्छ् नागरिक सम्मान प्रदान गर्ने भएको छ । देशमा ब्याप्त भष्ट्राचारको अन्त्य गर्न बिभिन्न कार्य गर्दै आएको प्रतिष्ठानले आ–आफ्नो क्षेत्रबाट भष्ट्राचार अन्त्य गर्नका लागि पहल गर्दै उदाहरणिय काम गर्न सफल चार जना ब्यक्तीहरुलाई स्वच्छ नागरिक सम्मान प्रदान गर्न लागेको हो । 
 
प्रतिष्ठानका प्रमुख संरक्षक हेम पाठकले ह्वाईट हिमाल टेलिभिजनसंग कुरा गर्दै राजनीति, न्याय, सुरक्षा र प्रशासन क्षेत्रका एक, एक जना गरि ४ जना उत्कृष्ट ब्यक्तीहरुलाई नागरिक सम्मान प्रदान गर्ने बताउनु भएको हो । हरेक बर्ष भष्ट्राचारको बिरुद्धमा उत्कृष्ट काम गर्ने पत्रकार, कलाकार र  साहित्यकारलाई पुरस्कार प्रदान गर्दै आएको प्रतिष्ठानले राजनीति, प्रशासन, सुरक्षा र न्याय नै देशका मुख्य अगं भएकोले यस क्षेत्रमा उत्कृष्ट कार्य गर्ने ब्यक्तीलाई नागरिक सम्मान गर्दा सकारात्मक सन्देश प्रबाह हुंदै भष्ट्राचार अन्त्यको आफ्नो अभियानमा टेवा पुग्ने उद्धेश्यले नागरिक अभियान कार्यक्रमको घोषणा गरेका जनाइएको छ । 
 
चार जना उत्कृष्ट व्यक्ति छनौटका लागि प्रतिष्ठानले संसारभर रहेका नेपालीहरुबाट सुझाव स्वरुप नाम संकलन गर्ने र सबैभन्दा धेरै ब्यक्तीहरुले मन पराएको ब्यक्तीलाई नागरिक सम्मान प्रदान गरिने जनाइएको छ । आफुलाई मनपर्ने ब्यक्तीको नाम आगामी फाल्गुन मसान्त सम्म प्रतिष्ठानका प्रमुख संरक्षक हेम पाठकको ईमेल  (बिधुतिय )ठेगाना [email protected] मा पठाउनु पर्ने छ l
 
प्रतिष्ठानले प्रत्येक बर्ष भष्ट्राचार बिरुद्धको उत्कृष्ट कबिता लेख्ने ब्यक्तीलाई प्रदान गर्दै आएको एक हजार अमेरिकन डलरको पुरस्कार यस बर्ष पनि प्रदान गर्ने भएको छ । भष्ट्राचार बिरुद्धको कबिता प्रतियोगितामा सहभागी हुनको लागि आगामी फागुन मसान्त सम्ममा २५० शब्द नबढाई प्रतिष्ठानको ईमेल (बिधुतिय )ठेगाना[email protected] मा पठाउनु पर्ने छ । यस बर्षको उत्कृष्ट कबिता चयन गर्नको लागि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राध्यापक गंगा उप्रेतीको संयोजकत्वमा एक छनौट समितीको निर्माण गरिएको जनाइएको छ । 
 
हेम सरिता पाठक प्रतिष्ठानले हरेक बर्ष भष्ट्राचारको बिरुद्धमा कलम चलाउने पत्रकार, भष्ट्राचारको बिरुद्धमा उत्कृष्ट कबिता लेख्ने कवि , भष्ट्राचारको बिरुद्धमा गीत गाउने गायकहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्दै आएको छ । भष्ट्राचारको बिरुद्धमा नयां पुस्तालाई शिक्षा प्रदान गर्ने उद्धेश्यका साथ प्रतिष्ठानको सहयोगमा काठमाडौको गांउ साखुमा पनि एक बिद्यालय समेत सञ्चालन भईरहेको छ । ह्वाईट हिमाल टेलिभिजनसंग कुरा गर्दै प्रतिष्ठानका अध्यक्ष पाठकले नयां बर्ष २०१४ को उपलक्ष्यमा सम्पुर्ण नेपालीहरुमा शुभकामना ब्यक्त गर्दै नयां बर्षमा नेपाल भष्ट्राचार मुक्त बन्न सफल होस् भन्ने कामना समेत गर्नुभएको छ ।