साहित्यकार र समाजसेवीलाई बुद्धि खगि दान स्मृति प्रतिष्ठानले सम्मान गर्ने
725 पटक पढिएको

यस्तै खरेलले हिंसा पिडित असहाय महिलाको पुर्नस्थापना तथा सडक बालबालिकाको पुर्नस्थापनाका लागि आफ्नो जिवनको प्रवाह नगरी खेलेको भुमिकाको कदर गर्दै सम्मान गर्न लागेको हो । दुई दशक देखी समाजसेवामा कृयाशिल खरेल असहाय महिलाको पुर्नस्थापना केन्द्रका रुपमा रहेको आदर्श गृह, सडक बालबालिकाको क्षेत्रमा काम गर्ने हाम्रो घर लगायतका संस्थाको संस्थापक हुनु हुन्छ । आदर्श नारी बचत तथा ऋण सहकारी संस्था, आदर्श नारी क्लिनिक तथा स्वास्थ्य परामर्श केन्द्र, नारायणगढ सामुदायिक प्रहरी सेवा केन्द्र लगायतका संस्थाको स्थापना तथा संचालन समेत गर्नु भएको छ । उहाँलाई प्रतिष्ठानले स्थापना गरेको बुद्धि खगि दान स्मृति परोपकार सम्मान २०७१ ले सम्मान गर्न लागिएको हो ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा बुद्धि खगि दान स्मृति प्रतिष्ठानकी अध्यक्ष ईन्दिरादेवी शर्माले सो अवसरमा संस्थाकी संस्थापक तथा संरक्षक साहित्यकार सुमित्रा पौडेलका दुई कृतिहरु बिमोचन समेत गरिने जानकारी दिनु भयो । शर्माका अनुसार गजल संग्रह प्रवासीका कोशेली र मुक्तक संग्रह औकातको विमोचन गर्न लागिएको हो ।
विविसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्रको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा अन्य विभिन्न विशिष्ट पाहुनालाई समेत आमन्त्रण गरिएको संस्थाका महासचिव मोहन बस्यालले जानकारी दिनु भयो । उहाँले सो अवसरमा बुद्धि सागर बास्तोलाले स्थापना गरेको देवनगरको देवज्योति निमाबीका दलित, जनजाति तथा विपन्न समुदायका दुई सय पचास जना विद्यार्थीलाई झोला वितरण गरिने पनि जानकारी दिनु भयो ।
कार्यक्रममा बुद्धि खगिदान स्मृति राष्ट्रिय प्रतिष्ठानका सल्लाहकार एवं परोपकार सम्मान छनौट समितिका संयोजक प्रेम रिमाल र संस्थाका उपाध्यक्ष बाबुराम न्यौपानेले बुद्धि सागर बास्तोलाको जिवनी तथा योगदानबारे प्रकाश पार्नु भएको थियो ।
बुद्धि खगिदान स्मृति राष्ट्रिय प्रतिष्ठानका सल्लाहकार तथा साहित्य सम्मान छनौट समितिका संयोजक पुष्प अधिकारी अञ्जलीले संस्थाको पृष्ठभुमि, सम्मान गर्न लागिएका व्यक्तित्व बारे जानकारी गराउनु भएको थियो । कार्यक्रम भदौ २१ गते शनिबार गितानगर ४ देवनगरमा रहेको देवज्योति निमावीको परिसरमा दिउसो १२ बजे पछि शुरु हुने छ ।
