मन्दिरको आम्दानी वार्षिक सतहत्तर लाख

740 पटक पढिएको

सम्पादक: Dhading News

Kalika-minderबागलुङ, – मन्दिरमा चढाएको भेटी र मन्दिरमा हुने आम्दानीलाई सदुपयोग गर्न सक्ने हो भने त्यसवाट धेरै राम्रा योजनाहरु कार्यान्वयन गर्न सकिन्छ जस्को उदाहरण वन्न पुगेको वाग्लुङ जिल्लाको प्रसिद्ध धार्मिकस्थल कालिका भगवती मन्दिर । पश्चिम नेपालकै प्रसिद्ध धार्मिक स्थलका रुपमा चिनिएको यस मन्दिरमा आर्थिक बर्ष २०७०÷०७१ मा करिब रु ७७ लाख आम्दानी भएको छ ।

विभिन्न आयका क्षेत्रबाट सो आम्दानी भएको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । वार्षिक पूजा ठेक्का, सटर भाडा, पार्किङस्थल ठेक्का, वनभोजस्थल भाडा, काठ दाउरा लिलाम बिक्री, विवाह व्रतबन्ध, घाँस बिक्री ठेक्का, धान बिक्री, धरौटी, अनुदान, आर्थिक सहायतालगायतबाट गरी उक्त आम्दानी भएको गुठीका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो । सबैभन्दा बढी वार्षिक पूजा ठेक्काबाट रु ३६ लाख ८६ हजार आम्दानी भएको अध्यक्ष खड्काको भनाइ छ ।

सोे आवमा करिव रु ४८ लाख ९२ हजार खर्च भएको जनाइएको छ । तलब, भत्ता, सरकारी पूजा खर्च, मर्मतसम्भार, कार्यालय खर्च, पुँजीगत सुधार, सार्वजनिक निर्माण, स्वास्थ्य शिविर, विद्युत्, सञ्चारलगायत शीर्षकमा उक्त खर्च भएको जानकारी उहाँले दिनुभयो ।

गुठीको आन्तरिक कोषमा करिव एक करोड जम्मा भएको छ । पछिल्लो सयम मन्दिरको बृहत्तर विकासका लागि गुठीले पञ्चवर्षीय विकास योजना लागू गरेपछि आर्थिक गतिविधि पनि बढेका छन् ।