झोला हेर्दा आंसु थाम्न सकेनन रोल्पालीले

837 पटक पढिएको

सम्पादक: Dhading News

IMG_0398रोल्पा । सिनेमा हल विहिन पश्चिम नेपालको जिल्ला रोल्पालीले खूल्लामञ्चमा नै नेपाली चलचित्र  झोला  हेर्ने अवसर पाएका छन् । रोल्पामा जारी  अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला २०१५ को दोश्रो दिनको सत्र सकिएसँगै खुल्लामञ्चमा नै ऐतिहासिक चलचित्र  झोला  देखाईएको थियो । साँझ ढल्केसँगै प्रोजेक्टरमार्फत पर्दामा देखाईएको चलचित्र हेर्न ठुलो संख्यामा रोल्पालीहरु उपस्थित भएका थिए । चलचित्र हेर्दा धेरै महिलाहरुको आँखा रसाएको पनि पाईएको थियो भने सय बर्ष पहिले आफुभन्दा अगाडी श्रीमानको निधन भए पश्चात जिउँदै चितामा जलेर सति जानुपर्ने महिलाको अवस्थाको यथार्थ कुरा बाहिर ल्याएकोमा चलचित्र लिएर रोल्पा पुगेका निर्देशक यादवकुमार भट्टराई र निर्माता राज तिमिल्सेनाको स्थानित दर्शकले खुलेर तारिफ गरेका थिए । दुई तीन सय बराबरको संख्यामा खुल्लामञ्चमा जम्मा भएका वालकदेखी बृद्ध उमेरसम्मका व्याक्तिहरुले रोल्पामा सिनेमा घर बनाउन पहल कदमी गरिदिन पनि झोला निर्देशक र निर्माता समक्ष आग्रह समेत गरे । सामान्य रुपमा नेपाली चलचित्रको नाममात्र सुनेका रोल्पालीहरुले चलचित्रप्रति देखाएको उत्साह र चासोलाई राम्रो चलचित्र बनेमा दुर दराजसम्म नि नेपाली चलचित्रका दर्शक छन् भन्ने कुरा प्रमाणित भएको धेरैको बुझाई थियो । निर्देशक भट्टराईले नेपाली चलचित्रको बजार विस्तारको क्रम चल्दै गर्दा ुझोलाु प्रति रोल्पालीले देखाएको चाख काठमाडौंका दर्शकको भन्दा कम नभएको बताए । कार्यशाला चल्ने नौ दिनसम्म हरेक दिन साँझ स्थानिय दर्शक समक्ष नेपाली चलचित्र देखाउने तालिका आयोजकले राखेपनि शनिवार बेलुका भने कुनै चलचित्र देखाएनन् । गरिमा पन्त, देशभक्त खनाल, सुजल नेपाल, दिपक क्षेत्री, लक्ष्मी गिरी लिड अभिनयमा रहेको यो चलचित्रमा राजसँगै रामगोपाल थापा, मालती शाह, सुशिल शाहको पनि लगानी छ । सार्वजनिक प्रदर्शनको क्रममा दर्शकको मन जितेको यो चलचित्र अहिले विदेशमा विभिन्न सहरमा पनि प्रदर्शनको क्रममा छ भने निर्माण युनिटले नेपाली चलचित्र ईतिहासमा नै पहिलो पटक चलचित्र पुनः प्रदर्शन गर्ने अभियानमा जुटेको छ । वैसाखमा रिलिज गर्ने तयारी भईरहे पनि डेट भने तय भईनसकेको निर्माता राजले बताए ।