र्‍याफ्टिङ प्रतियोगितामा आइएमई पहिलो (फोटो फिचर)

829 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,  –त्रिशूली नदीमा भएको र्‍याफ्टिङ प्रतियोगितामा आईएमई वित्तीय समूह पहिलो भएको छ । राष्ट्रिय र्‍याफ्टिङ तथा धादिङ महोत्सवको अवसरमा शनिवार धादिङका वित्तीय समूहहरुबिच प्रतिस्पर्धा भएको थियो ।

गलौंदीबाट शुरु भई चाम्बास केराघारीसम्मको ५ किलोमिटर दूरी आइएमईले ३२ मिनेट ३४ सेकेण्डमा पुरा गर्दै र्‍याफ्टिङमा पहिलो भएको हो । त्यसैगरी यती डेभलपमेन्ट बैङ्क समूह ३४ मिनेट ११ सेकेण्डमा पार गर्दै दोश्रो भयो भने किष्ट बैङ्कको समूह ३४ मिनेट ४० सेकेण्डमा पार गरेर तेश्रो भयो ।

र्‍याफ्टिङ प्रतियोगिताका अन्य प्रतिस्पर्धिहरु मध्ये सिभिक डेभलपमेण्ट बैकको टोली ३५ मिनेट २ सेकेण्डमा र प्रभु विकास बैकले ३८ मिनेट ५० सेकेण्डमा निर्धारित दुरी पार गरेर क्रमशः चौथो र सान्त्वना स्थानमा पुगेका थिए ।

फागुन १७ गतेदेखि शुरु भएको राष्ट्रिय र्‍याफ्टिङ तथा धादिङ महोत्सव आइतवार सकिएको छ । । महोत्सवको अवधिमा एक हजार भन्दा बढीले त्रिशूली नदीमा र्‍याफ्टिङ गरेको धादिङ उद्योग वाणिज्य संघले जनाएको छ । स्वदेशी तथा बिदेशी पर्यटकहरुको लागि र्‍याफ्टिङको पहिलो गन्तव्य बन्ने गरेको त्रिशूली नदी केही बर्ष यता प्रदुषित वन्नुका साथै नदी अतिक्रमण हुँदै आएको छ ।

धादिङमा भएको र्‍याफ्टिङ महोत्सवको तस्बिर हेर्नुहोस्:

 

र्‍याफ्टिङ प्रतियोगितामा आइएमई पहिलो (फोटो फिचर)

र्‍याफ्टिङ प्रतियोगितामा आइएमई पहिलो (फोटो फिचर)

र्‍याफ्टिङ प्रतियोगितामा आइएमई पहिलो (फोटो फिचर)

र्‍याफ्टिङ प्रतियोगितामा आइएमई पहिलो (फोटो फिचर)

र्‍याफ्टिङ प्रतियोगितामा आइएमई पहिलो (फोटो फिचर)

र्‍याफ्टिङ प्रतियोगितामा आइएमई पहिलो (फोटो फिचर)

र्‍याफ्टिङ प्रतियोगितामा आइएमई पहिलो (फोटो फिचर)

तस्बिर: केशव अधिकारी

उज्यालो अनलाइनवाट