विश्व टी-२०मा हङकङलाई नेपालले ८० रनले हरायो

646 पटक पढिएको

सम्पादक: Dhadingnews.com

बंगलादेशमा जारी विश्व टी २० अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ८० रनले हराएको छ।

बंगलादेशको चटगाउंमा भएको पहिलो खेलमा पहिले ब्याटिंग गरेको नेपालले आठ विकेट क्षतिमा १ सय ४९ रन बनाएको थियो । जवाफमा हंगकंङ १७ ओभरमा ६९ रनमा सिमित भयो ।

हङकङलाई सस्तैमा समेट्ने क्रममा म्यानअफ द म्याच शक्ति गौचनले किफायती बलिङ गर्दै ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिएका थिए। यस्तै बसन्त रेग्मीले पनि ४ ओभरमै १४ रन खर्चेर ३ विकेट लिएका थिए।

यस्तै तीन ओभर बलिङ गरेका सोमपाल कामीले १३ रन खर्चेर २ विकेट लिएका थिए। कप्तान पारस खड्का र जितेन्द्र मुखियाले समान १-१ विकेट लिए।

यसअघि बंगलादेशको जोहर अहमद चौधरी स्टेडियममा रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै १४९ रन बनाएको थियो।

नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४८ रनको योगदान दिए। ४१ बल खेलेका ज्ञानेन्द्रले  १ छक्का र ४ चौका प्रहार गरेका थिए ।

यस्तै पारस खड्का ३७ बल खेल्दै ४१ रनमा क्याचआउट भए। पारसले चार चौका प्रहार गरेका थिए। शरद  भेसवाकरले १४ रन बनाए।

यस्तै ओपनर सुबास खकुरेलले २२ रन बनाए। १६ बल खेलेका खकुरेलले ४ चौका प्रहार गरेका थिए। यसैगरी २ चौका हानेका सागर पुनले १३ बल खेलेर १३ रन बटुलेका थिए।

यस्तै नेपालका लागि बिनोद भण्डारीले १ रन बनाएका थिए।

१ सय ५० रनको चुनौती लिएर ब्याटिङमा उत्रिएको हङकङ नेपालसामू निरीह देखियो। पहिलो बलमै कप्तान पारस खड्काले विकेट लिएका थिए। हङकङका बबर हयातले २० रन जोडे भने वकास बरकतले १८ र मार्क च्यापम्यानले १३ रन बनाए ।

अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

नेपालले दोस्रो खेल आगामी मंगलबार यही मैदानमा आयोजक बंगलादेशसँग खेल्नेछ।

***

नेपाललाई पहिलो सफलता

कप्तान पारस खड्काले पहिलो बलमै लिए विकेट।

एक ओभरको समाप्तिमा हङकङ १ विकेट गुमाउँदै ३ रन बनाएको छ।

दोस्रो ओभरको समाप्तिमा हङकङ २ विकेट गुमाउँदै ९ रन बनाएको छ। सोमपाल कामीले १ विकेट लिएर ६ रन दिए।

तेस्रो ओभरको समाप्तिमा हङकङ २ विकेट गुमाउँदै १४ रनमा खेल्दै। पारस खड्काले ५ रन दिए।

चौथो ओभरको समाप्तिमा हङकङ २ विकेट गुमाउँदै २० रनमा खेल्दै सोमपालले ६ रन दिए।

पाँचौ ओभरको समाप्तिमा हङकङ २ विकेट गुमाउँदै ३० रनमा खेल्दै । जितेन्द्र मुखियाले १० रन दिए।

छैठौ ओभरको समाप्तिमा हङकङ २ विकेट गुमाउँदै  ३५ रनमा खेल्दै । बसन्त रेग्मीले ५ रन दिए।

नेपाललाई तेस्रो सफलताः शक्ति गौचनले लिए विकेट । हङकङका वाक्स वारकाट १९ बल खेल्दै १८ रन बनाएर आउट भए। उनले ३ चौका प्रहार गरेका थिए।

सातौ ओभरको समाप्तिमा हङहङ ३ विकेट गुमाउँदै ३८ रनमा खेल्दै । शक्ति गौचनले १ विकेट लिएर ३ रन दिए।

आठौ ओभरको बलिङ गर्न सागर पुन आएका छन्।

आठौ ओभरको समाप्तिमा हङकङ ३ विकेट गुमाउँदै ४५ रनमा खेल्दै । सागरले ७ रन दिए।

नवौ ओभरको बलिङ लिएर शक्ति गौचन आएका छन् । उनले यसअघि १ विकेट लिइसकेका छन्।

नवौ ओभरको समाप्तिमा हङकङ ४६ रन बनाएर खेल्दै । शक्ति गौचनले १ रन दिए।

दशौ ओभरको बलिङ लिएर  सागर पुन आएका छन् । उनले यसअघिको ओभरमा ७ रन दिएका थिए।

दशौ ओभरको समाप्तिमा हङकङ ३ विकेट गुमाएर ५२ रनमा खेल्दै । सागरले दिए ६ रन।

एघारौ ओभर लिएर आएका छन् ।कप्तान पारस । उनले पहिलो ओभरको पहिलो बलमै विकेट लिएका थिए।

एघारौ ओभरको समाप्तिमा हङकङ ५ विकेट गुमाएर ५८ रनमा खेल्दै । बसन्त रेग्मीले लिए लगातार २ विकेट

शक्ति गौचनले लिए दोस्रो विकेट। हङहङ ६ विकेट गुमाएर ५८ रनमा खेल्दै।

शक्तिले फेरि लिए विकेट । उनले ब्यत्तिगत तेस्रो विकेट लिए। हङकङ ७ विकेट गुमाएर ५८ रनमा खेल्दै।

१२ ओभरको समाप्तिमा  हङकङ ६० रनमा खेल्दै शक्तिले २ विकेट लिएर २ रन दिए।

नेपाललाई आठौ सफलताः बसन्त रेग्मीले लिए तेस्रो विकेट। हङहङ ८ विकेट गुमाउँदै ६१ रनमा खेल्दै।

१३औ ओभरको समाप्तिमा हङकङ ६१ रनमा खेल्दै । बसन्तले १ विकेट लिद्ददै १ रन दिए।

१४औ ओभरको बलिङ लिएर सोमपाल कामी आएका छन्। उनले यसअघि १ विकेट लिइसकेका छन् ।

१४औ ओभरको समाप्तिमा हङकङ ९ विकेट गुमाउँदै ६२ रनमा खेल्दै। नेपाल जित नजिक।

१५ ओभरको समाप्तिमा हङकङ ९ विकेट गुमाउँदै ६४ रनमा खेल्दै । बसन्तले दिए २ रन।

१६ ओभरको बल लिएर आएका शक्ति गौचन। उनले यसअघि तीन विेट लिइसकेका छन् ।

१६ ओभरको समाप्तिमा हङकङ ९ विकेट गुमाउँदै ६७ रनमा खेल्दै। शक्तिले ३ रन दिए।

शक्ति गौचनले  चार ओभर बलिङ गर्दै ९ रन खर्चेर ३ विकेट लिए।

१७औ ओभरको बलिङ लिएर जितेन्द्र मुखिया आएका छन् ।

बसन्त रेग्मीले ४ ओभर बलिङ गर्दै १४ रन खर्चेर ३ विकेट लिएका थिए।

१७ ओभरको अन्तिम बलमा जितेन्द्रले लिए विकेट।

नेपाल ८० रनले विजयी

**************

सेतोपाटी