पेशागत महासंघ जिल्ला तदर्थ समिति धादिङको गठन

682 पटक पढिएको

सम्पादक: Dhadingnews.com

1236975_202691383232137_446647682_nधादिङ/धादिङ जिल्लामा रहेर विभिन्न पेशामा सक्रिय रहंदै आएका पेशाकर्मीहरुको जिल्ला भेलाले कृष्णप्रसाद अर्यालको अध्यक्षतमा १३ सदस्यिय पेशागत महासंघ जिल्ला तदर्थ समिति धादिङको गठन गरेको छ ।
नेकपा एमाले धादिङका जिल्ला सदस्य एवम पेशागत फांटका इन्चार्ज इन्द्रवहादुर श्रेष्ठको अध्यक्षता र महासंघका केन्द्रिय उपाध्यक्ष प्रभा वज्राचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले जिल्ला तदर्थ समितिको गठन गरेको हो । भेलामा नेकपा एमाले धादिङका अध्यक्ष खेमप्रसाद लोहनी,पेशागत महासंघका महासचिव शिवकुमार अधिकारी,महासंघका केन्द्रिय सदस्य सीता ओझा लगायतको बिशेष आतिथ्य रहेको थियो ।
भेलावाट गठन भएको जिल्ला तदर्थ समितिको उपाध्यक्षमा तिर्थवहादुर दुवाडी,सचिवमा हरिप्रसाद थपलिया,सह सचिवमा इन्द्रवहादुर श्रेष्ठ,कोषाध्यक्षमा शोभा रानामगर चयन हुनुभएको छ । त्यसैगरी कार्य समितिको सदस्यहरुमा अर्जुन आचार्य,कविता छत्कुली,डालदेवी धरेल,देवकी सुवेदी,माधवकुमार बुढा,शान्ति सापकोाटा,बाबुकृष्ण श्रेष्ठ,कृष्ण ढकाल रहनु भएको छ ।
यसैगरी विभिन्न पेशागत संगठनहरुको तर्फवाट पदेन सदस्य हुनेहरुमा शिक्षक संगठनबाट बैकुण्ठ अर्याल,निजामती कर्मचारीवाट कृष्णलाल उप्रेती,स्थानीय निकायवाट हरीपाटा मगर,स्वास्थ्य कर्मचारीवाट रामप्रसाद सिलवाल,स्वास्थ्य प्राविधिकवाट गोपीवहादुर श्रेष्ठ,इन्जिनियर संगठनबाट सीताराम पाण्डे रहनु भएको छ । तदर्थ समितिले आगामी असोज महिनाको ५ गते धादिङबेसीमा प्रथम अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।