धादिङ क्षेत्र नं २का सदभावनाका उम्मेदवारनै नेपाली कांग्रेसमा

676 पटक पढिएको

सम्पादक: Dhadingnews.com

कात्तिक १६ – सद्भावना पार्टीका तर्फबाट धादिङ क्षेत्र नं २ मा उमेद्वार भएका सूर्यबहादुर थापा पार्टी छोडेर नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

थापाले आफ्नो उम्मेदवारी फिर्ता भएको घोषणा गर्दै आफूले कांग्रेस उम्मेदवार रामनाथ अधिकारीलाई समर्थन गरेको घोषणा गर्नुभयो ।

धादिङको साङ्कोष गाविस ३ का थापाले आफू विगतमा नेपाली कांग्रेसकै कार्यकर्ता भएको रसद्भावनाले दिएको उम्मेदवारी फिर्ता लिएको र कांग्रेस उम्मेदवारलाई समर्थन गरेको बताउनुभयो । उहाँले आजैबाट आफू कांग्रेसमा समाहित भएको बताउनुभयो ।download (4)images

थापाले उम्मेदवारी फिर्ता लिएपछि सद्भावनाले धादिङ क्षेत्र नं २ मा खोलेको सम्पर्क कार्यालय समेत बन्द गरेको छ ।उम्मेदवारी मनोनयनका दिन जिल्लाको तीनवटै क्षेत्रमा मनोनयन दिएको सदभावना पार्टीका क्षेत्र नम्बर १ का उम्मेदवार वनेका रामेश्वर पोखरेल र क्षेत्र नम्बर ३ का उम्मेदवार वनेका प्रकाशचन्द रावलले यस अघिनै उम्मेदवारी फिर्ता लिएका थिए । पोखरेलले सदभावनाको उम्मेदवारी फिर्ता गरेलगत्तै सहकारी पार्टीवाट समानुपातिक तर्फको उम्मेदवारको वन्द सुचिमा सिफारिश भएका छन ।