धादिङको साहित्यिक इतिहास र समकालीन कविहरु

275 पटक पढिएको

प्रकाशित मिति: २ जेष्ठ २०७१, शुक्रबार ००:३८

सम्पादक: Dhadingnews.com

 

 

धादिङको उत्तरी सिमानामा गणेश हिमाल मुस्कुराएर उभिएको छ । यसैको काखमा अर्थात अलिक वर फूलखर्कस्थित ढांडखर्कको पहराबाट हाम्फालेका छन दिदीबहिनी भmरना– गङगा र जमुना । अलि तल पुगेपछि ‘नेत्रावती‘ बनेर बूढीगण्डकीमा मिसिने ‘आँखु‘ गणेशहिमालबाटै सुरु भएकी छिन्‍ । कति सुन्दर छ धादिङको प्राकृतिक छटा ! सेता हिमाली चुचुराहरू, हरिया तरेली परेका अनेक जडिबूटी काखमा उमारेका पहाडहरू अनि सल्यानटार, रिचोकटार, परेवाटार,सुकौरा फाँट, ठूलीबेसी, नौबिसे फाँटजस्ता उर्वरभूमि । तिनै उर्भर भूमिलाइ चिस्यान दिँदै काखैबाट बगेका कास्टे, मानपाङ, बगुवा,लपाङ, थोपल, चरङ्गे, गडरे र अरू थुप्रै खोलाहरू ।

 

रसुवाबाट निस्केर नुवाकोट हुँदै धादिङको पेटबाट बगेर बूढीगण्डकीमा मिसिन हतारिएकी त्रिशुली होउmन अथवा पश्चिमी सीमाबाट दक्षिणबगेकी बूढीगण्डकी दुवैको प्रेम छ धादिङको मुटुमा र माटामा । उत्तरमा तिब्बत, पूर्वमा नुवाकोट र काठमाडौं, दक्षिणमा मकवानपुर र चितवनका सिमानामा उठेको महाभारत पर्वतमाला अनि पश्चिममा गोरखा जिल्ला छुट्‍याउने बूढीगण्डकी नदी धादिङका चार सिमाना हुन्‍। धादिङको भूगोलको वयान यो छोटो परिचयमा दिएर सकिँदैन । प्राकृतिक विविधताले सुरम्य बनेको धादिङको एतिहासिक र सांस्कृतिक गरिमा त्यतिकै माथि छ ।

 

पौराणिक कालमा दैत्यराज हिरण्यकशिपुको दानवी व्यवहारको अन्त गर्न भगवान विष्णुले नृसिंहावतार लिनुभएको मानिने स्थान धादिङ जिल्लाको उत्तरपश्चिममा पर्ने आगिञ्चोक हो भन्दा कतिलार्इ आश्चर्य लाग्न सक्छ । आप्‍नै छोरा प्रह्लाद भगवान विष्णुको भक्त बनेकोमा उग्र भएको हिरण्यकशिपुले छोरालार्इ जलाइ मार्ने योजना गर्दै आगो बाल्न बनाएको अग्निचोक नै अपभ्रंश भएर आगिन्चोक भएको भन्ने जनश्रुति छ ।

 

भगीरथ राजाले तपस्या गरी पुर्खा उद्धारका लागि प्राप्त गरेको गङ्गाको बेग महादेवले शिरमा थामेर एक धारा खसाएको ठाउँ भनेर हाम्रै धादिङको गङ्गाजमुनालार्इ मानिन्छ । करीब १६ सय वर्षअघि उपत्यकामा लिच्छविशासन रहँदा सल्यानटारमा पनि विकसित शहर बनेको तथ्य त्यहाँका हाल अवशेष्का रूपमा भेटिएका इँटाहरूबाट पुष्टि भइसकेको छ । साढे चारसय वर्षअघि थुप्रै राज्यहरू भएको धादिङ जिल्लामा अभै पनि ती राज्यका भग्नावशेष्हरू यत्रतत्र देखिन्छन्‍ ।

 

इतिहास केलाउँदा गोरखाका शाहवंशीय राजा रामशाह र उनका सन्तति आधुनिक नेपालका निर्माता पृथ्वीनारायण् शाहले सल्यानकोटकी त्रिपुरसुन्दरी भगवतीको आराधना गरेको तथ्य इतिहासमा लेखिएको छ । सल्यानकोटकी त्रिपुरसुन्दरी भगवती,सुनौलाबजारकी भैरवी, ज्यामरुङकी ज्वालामुखी र शंखादेवी, ढोलाकी मण्डली, फूलखर्ककी गङ्गाजमुना, आगिञ्चोककी जलेश्वरीलगायत अनेकन शक्तिपीठ, सल्यानटारका दुग्धेश्वर महादेवलगायतका शिवमन्दिरसमेतले धादिङका विविधतामा थप आकर्षण प्रस्तुत गरेका मात्र छैनन्‍, तमाम धादिङबासीलाइ एकतामा आवद्ध पारेका छन्‍ ।

 

माथि तामाङ, बीचमा गुरुङ अनि दक्षिणमा चेपाङ, धादिङको जातीय विविधताको अर्को नमुना हो । अनेकन थरमा विभाजित बाहुनक्ष्त्री,मगर, नेवार, दमाइं, सार्की, कामीजस्ता जातजातिले धादिङलाइ प्रकृतिले जस्तै विविधतायुक्त बनाएका छन्‍ । यिनैले हो रोधी, घाँटु,सोरठी, तामाङसेलो, बालन, भजन, भैलो, ख्यालीजस्ता सांस्कृतिक चालचलनलाइ जीवन्त राखेको ।

 

यही पृष्ठभूमिमा जन्मेका धादिङको स्वादिलो, पोषिलो, रसिलो अन्नपानी अनि फलफूल र हावा खाएर हुरकेका धादिङका सन्ततिले नेपाली भाषाको गोर्खाली स्वरूपको जन्म हुनुअघिदेखि नै संस्कृतसाहित्यमा कलम चलाउँदै आएका छन् । इतिहास साक्षी छ,भानुभक्त आदिकवि हुन्‍, उनीअघिदेखि यहाँ संस्कृतको अध्ययन अध्यापन हुन्थ्यो, हाम्रा साहित्यिक अग्रज मनीषीहरू कुनै आत्मप्रचार नगरी सल्लेडाँडाको चिसो हावासितै रम्दै कल्पनाको गगनमा कावा खाँदै साहित्यरचना गरथे । तिनका आँखा लमतन्न सुतेको सल्यानटार, कुलुलु बगेका बूढीगण्डकी र नेत्रावतीको प्रवाह अनि टलल टल्केको गणश र मनास्लु हिमालका दृश्यतिर लम्किन्थे र मस्तिष्कमा सिर्जनाको बतास मडारिन्थ्यो ।

 

तिनै दैवज्ञकेशरी अज्र्याल र विद्यारण्यकेशरी अज्र्यालहरुले रचे सुनखानीको एकान्त डाँडामा बसेर साहित्य– संस्कृत अनि नेपालीभाषामा । साहित्यरचनाको त्यो परम्परा त्रmमश चलिरह्‍यो,जीवनपुरका कुलचन्द्र गौतम, त्रिपुरेश्वरका अच्युतानन्त र उनका छोरा वेदनिधि लामिछाने, पीडाका केशवराज लामिछाने ‘पिँडाली‘,ज्यामरुङका सुवि शाह, केवलपुरे किसान, नलाङका डिल्लीरमणशर्मा अज्र्याल, ज्यामरुङकै शंकर शाह, मैदीका कृष्ण घिमिरे ‘मैदेली‘,सुनौलाबजारका रमेशचन्द्र अधिकारी, बलदेब अधिकारी, टीएन गोपीकृष्ण अधिकारी, रामहरि दाहाल, बद्रीप्रसाद दाहाल ‘भस्मासुर‘नवीनबन्धु दाहाल, मुरलीभञ्ज्याङका रामचन्द्र लम्साल, हरि खनाल,दार्खाका शैलेन्द्र सिंखडा, ज्यामरुङका नवराज लम्साल, सल्यानकोटका मोहन तिमल्सिना, शिशिर शर्मा, माधव लामिछाने, नीलकण्ठका लक्ष्मण तिमल्सिना, उर्मिला थपलियाले यसमा निरन्तरता दिँदै आएका छन्‍ । पछिल्लो पुस्तामा मार्पाकका जित अधिकारी,कटुन्जेका प्रभास अधिकारी, शिव श्रेष्ठ, त्रिपुरेश्वरका दिनेश धरेल,सल्यानकोटका अरजुन तिमल्सिनाहरू अज सशक्त देखा पर्दै छन्‍ ।

धादिङको साहित्यमा विविधता छ । यहाँको साहित्यमा गीत छ,कविता छ, गजल छ, कथा छ, निबन्ध छ, प्रबन्ध छ, बालकविता,बालकथा, बालउपन्यास, सांस्कृतिक विविधतायुक्त अनुसन्धनात्मक लेख छन्‍ । धादिङका स्रष्टाले समालोचकका रूपमा समग्र नेपाली भाषाको मात्र नभइ संस्कृत र अंग्रेजी भाषाका साहित्यसमेतको चिरफार गर्न सक्ने कौशल प्रस्तुत गरेका छन्‍ ।

 

किरान्चोकका कृष्ण गौतम, बेनीघाटका घनश्याम कँडेल,मुरलीभन्ज्याङका डा. रामचन्द्र लम्साल,  साङकोशका रामहरि लम्साल, सल्यानकोटका मोहन तिमल्सिनाहरू प्रखर समालोचकीय प्रतिभाका खानी हुन्‍ । कृष्ण गौतम, रामचन्द्र लम्साल, घनश्याम कँडेलका समालोचकीय कृतिहरू नेपाली साहित्यले अहिलेसम्म पाएका युगान्तकारी कृतिमा पर्दछन्‍ ।

 

धादिङले उल्लेख्य संख्यामा महाकवि जन्माएको छ । सुनौलाबजार महाकवि जन्माउने उर्वर धर्ती भएको छ । टीएन गोपीकृष्ण अधिकारी र डा. रमेशचन्द्र अधिकारी दुवैजना सुनौलाबजारको नेवारपानीमा जन्मेका हुन्‍ । सीतायन महाकाव्यका दश खण्डबाट रमेशचन्द्र अधिकारीले नेपाली साहित्यमा ठूलो ख्याति कमाएका छन्‍ भने टीएन गोपीकृष्ण अधिकारीका पनि चारचवटा महाकाव्यहरू र करीब त्यति नै खण्डकाव्य प्रकाशित भइसकेका छन्‍ ।

 

धादिङको हावाले सबैलार्इ गुन्गुनाउन सिकाउँछ । यहाँका गङ्गाजमुनालगायतका भmरनाले नाच्न उक्साउँछन्‍ । त्यसैले हो सुवि शाहले नाच्न अनि बाँसुरी बजाउन जानेका । त्यही हावाको ताजापनले हो रेखा शाह, लक्ष्मी शाह, हिमाल घले, देव आले, सन्तोष लामा, जगदीश थापाहरूलाइ गायक गायिका बनाएको । सन्तोष लामा त यो पुस्ताका युवा गायकहरू संलग्न भएको हालैको राष्टि्य प्रतियोगितामा सबैलाइ उछिनेर ‘नेपाली तारा‘ नै बन्न पुगेको तथ्य धादिङका लागि अर्को गौरव बन्न पुगेको छ ।

 

प्रकृतिले विविधता दिएजस्तै सामाजिक विविधताले रङ्गिएजस्तै धादिङका प्रतिभाहरूले सबै क्षत्रमा जिल्लाको नाम राखेका छन्‍, राष्टिय जीवनको महत्वपूर्ण क्षत्रमा धादिङको नाम पछाडि छैन, अगाडि नै छ ।

 

राजनीतिमा प्रधानमन्त्री नपाएरै होला, धादिङले आर्थिक क्षत्रमा मात्र त्यति ठूलो प्रगति गर्न सकेको छैन । हैन भने हामी गर्व गरौँ, जे छन्‍ सुन्दरतम कुराहरू हामी धादिङेसितै छन्‍, हाम्रै धादिङमा मात्र छन्‍ । भएको कुरालाइ हामीले बडो यत्नले जोगाउनुपर्छ, बचाउनुपर्छ,मान्छेको शोभा लाज बचाएजस्तै गरी ।

 

धादिङमा जन्मेका वि.सं. १९८१ पछिका कविहरूको संक्षिप्त परिचय

१. सुवि शाह

 

 

जन्मस्थान : ज्यामरुङ गा.वि.स. जगर

जन्ममिति : वि.सं.१९८१, फाल्गुण १२

मातापिता : स्व. मानकुमारी शाह/स्व. चन्द्रवित्रmम शाह

कृति:     १. बालनगाथा

२. मादल भाग १

३. मादल भाग २

४. लोक संगीत

पुरस्कार/सम्मान: प्रज्ञा प्रतिभापुरस्कार,

इन्द्रराज्यलक्ष्मी प्रज्ञापुरस्कार,

साधना कलाकेन्द्र सम्मान,

गो.द.बा. चौथो,

गो.द.बा. तेस्रो,

त्रिशत्तmिपट्ट चौथो आदि ।

निधन: २०६५ वैशाख १५ काठमाडौँ ।

२. केवलपुरे किसान

 

वास्तविक नाम: देवीप्रसाद पौडेल

जन्मस्थान: केवलपुर

जन्ममिति: १९८४ चैत्र

मातापिता: विद्यादेवी पौडेल

हरिप्रसाद पौडेल

शिक्षा : पूर्वमध्यमा

कृति:     १. बाघ आयो

२. नेपाल नछो

३. समातेर पछार

४. छि:छि:

५. सङ्घर्षको ठीक गर

६. केवलपुरे किसानका गीत र कविताहरू

७. बोको खस्यो

८. शंकैशंका

९. आँसुको पोखरी

१०.केवलपुरेका आन्द्रभुँडी (क्यासेट चक्का)

पुरस्कार/सम्मान:  जनस्तरमा थुप्रै सम्मान / पृथक अग्रजपूजन

आवद्धता:  १. प्रगतिशील लेखक संघ

२. युद्धप्रसाद मिश्र स्मृतिप्रतिष्ठान

हालको बसोवास: सीतापाखा, इमाडोल ललितपुर

सम्पर्क फोन : २२२२४३५

३. डिल्लीरमणशर्मा अज्र्याल

जन्मस्थान : नलाङ-२

जन्ममिति : १९८८ चैत्र ७ गते

मातापिता : अयोध्यादेवी अर्याल/ज्यो. वेदनिधि अर्याल

शिक्षा : शास्त्री /वी.एड.

कृति :   १. श्रीरङ्गस्तुति (संस्कृतमा खण्डकाव्य)-२०२०

२. वेदनिधि (शोककाव्य)-२०४६

३. धातुपरिचय (नेपाली व्याकरण)-२०४७

४. व्याकरणपरिचय-२०५२

५. थोपल (खण्डकाव्य)-२०५७

६. छन्दपरिचय-२०५७

७. गङ्गाजमुना (कवितासङ्‍ग्रह)-२०५८

८. जीवनका कथाव्यथाहरू (संस्मरणसँगालो)-२०५८

हालको बसोबास : नीलकण्ठ गा.वि.स. धादिङबेसी

फोन : ०१०-५२०३४२

४. शंकर शाह

जन्मस्थान : ज्यामरुङ

जन्ममिति : वि. सं. १९९७ पौष

मातापिता : ………/रथी रङ्गवित्रmम शाह

शिक्षा : पोस्ट ग्राजुएट डिप्लोमा इन बुद्धिस्ट स्टडिज

पेशा : नेपाली सेना (२०१९-२०५२)

प्रकाशित कृति:  १.मध्यान्हको सपना (कवितासङ्‍ग्रह), २०५२

२.आवाज आउँछ कहाँ हो कहाँ (कवितासङ्‍ग्रह), २०५२

३. सेतो घोडा (उपन्यास)

४. वेदनाका छालहरु (गजलहरुको एलबम), २०५६

पुरस्कार/सम्मान: १. बगर सम्मान २०५९

२. मेरिटो सिभिल दोस्रो दर्जा (स्पेन)

३. कमान्डर अफ दि रोयल भिक्टोरियन अर्डर तेस्रो दर्जा (युके)

४. युएन मेडल बारसहित र विविध पदक तथा सम्मान

हालको बसोबास  : आशियाना रङ्गचोक गल्कोपाखा, ठमेल, काठमाडाँै

फोन : ४४११९०३

 

 

थपलिया

५. विश्वनाथ

 

 

 जन्मस्थान सल्यानटार

जन्ममिति: २००१ वैशाख १६

मातापिता शन्तकुमारी थपलिया /शहदत्त थपलिया

शिक्षा: साधारण लेखपढ

संलग्नता             विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थामा रहेर मुलुकको प्रजातान्त्रिक आन्दोलनमा सत्रिmय ,

लोकतान्त्रिक  आन्दोलनमा सहभागी

प्रकाशित कृति:      १. बुढीगङ्गा सुकेको २. विकास लहर ३. राज्यभिषक  ४. सिंहदरवार जलेको विरह गीत

५. इन्दिरागान्धीको हत्या घटना     ६. मुर्ख र घमण्ड                 ७. भोकमारी ८. हनुमान चरित्र

९. जनपुकार लेक निवेदन      १०.राष्टि्रय लोक गीत           ११.गाँउफकर्े रमाइलो भाषा   गीत

१२.नयाँ भाषा नयाँ चिनारी      १३.पाँच शीर्षक झ्याउरे गीत

१४.विकास श्लोक र नेपाल-भारत सन्दर्भ    १५.बहुदलीय क्रान्ति

१६.बहुदलीय क्रान्ति र तीजको गीत दोस्रो संस्करण        १७.जन गुनासो    १८.घटना र बिचार

सम्पर्क: ०१०-६९०७२१

६. घनश्याम कँडेल

 

 

जन्मन्मस्थान : बेनीघाट गा.वि.स. रिचोकटार (मलेखु)

जन्ममिति : वि.सं. २००२ जेठ २३ गते मंगलवार ।

मातापिता : नन्दकुमारी कँडेल/पुष्पराज कँडेल

शिक्षा : एम.ए. (अंग्रेजी, नेपाली), बी.एल.

पेशा : प्राध्यापन, त्रि.वि. नेपाली केन्द्रीय विभाग कीर्तिपुर (हाल: सेवा निवृत्त)

प्रकाशित कृति : १. देवयानी (खण्डकाव्य)-२०३९

२. केही अन्वेष्ाण्ा: केही विश्लेषण (समालोचना)-२०४०

३. पाश्चात्य यथार्थवादी नाटक (समालोचना)-२०४६

४. जीवनका सन्दर्भहरू (कवितासङ्‍ग्रह)-२०५१

५. नेपाली समालोचना (सम्पादन)-२०५५

६. उज्यालोतिर (गीतिकाव्य)-२०५५

७. वनको क्रन्दन  (लघुकाव्य)-२०५८

८. आँसुका अक्ष्ार (शोककाव्य)-२०६० आदि ।

पुरस्कार : महेन्द्र विद्याभुषण, लारी स्वर्णपदक, व्यथित काव्यपुरस्कार, त्रि.वि. शिक्षापुरस्कार, दीपस्मृति पुरस्कार ।

हाल : कुलेश्वर काठमाडौं

सम्पर्क फोन : ४२७८६५२

७. टी. एन. गोपीकृष्ण अधिकारी

 

जन्मस्थान: सुनौलाबजार, नेवारपानी

जन्ममिति: वि.सं. २००४ भाद्र १५ गते

मातापिता: नेडकुमारी अधिकारी/सहदत्त अधिकारी

प्रकाशित कृति:  १. आर्यावर्त (महाकाव्य)

२. गङ्‍गा (महाकाव्य)

३. भावना (खण्डकाव्य)

४. हिमाली परि (खण्डकाव्य)

५. ज्यूँदा सहिद रामहरि शर्मा (महाकाव्य)

६. गोविन्द (महाकाव्य)

७. पासाङ ह्लामु (खण्डकाव्य)

८. चाणक्य नीति (छायानुवाद)

हालको निवास: कामपा-१४, कलंकीस्थान

सम्पर्क फोन: ४२८७५९२/९८४१६२९८९९

८. कृष्ण गौतम

 

जन्मस्थान: बैरेनी गा.वि.स., किरान्चोक कार्कीडा“डा

जन्ममिति: वि.सं. २००५

मातापिता: रेणुकुमारी गौतम/पं. ज्ञानेश्वर गौतम

शिक्षा: एम.ए. नेपाली

पेशा : प्राध्यापन (३५ वर्षभन्दा बढी)

प्रकाशित कृति:           १. देवकोटाका प्रबन्धकाव्य (समालोचना),

२. प्राच्य महाकाव्य (समालोचना),                             ३. पाश्चात्य महाकाव्य (समालोचना),

४. उत्तर आधुनिक जिज्ञासा (समालोचना)                   ५. नाच (कथासङ्‍ग्रह)

६. स्वर्णबिम्ब (उपन्यास)

सम्पादन:                १. गरिमा                              २. हाम्रो प्राङ्‍गण

पुरस्कार/सम्मान:       राष्टि्रय प्रतिभा पुरस्कार,

ओमबीरसिंह बस्न्यात पुरस्कार

हालको निवास : ताहाचल, काठमाडौँ

सम्पर्क फोन: ४२७३९७८ (निवास)

९. डा. रामचन्द्र लम्साल

१०. कृष्ण घिमिरे ‘मैदेली‘

११. डा. मोहन तिमल्सिना

१२. डा. रमेशचन्द्र अधिकारी

१३. रामहरि दाहाल

१४. बद्रीप्रसाद दाहाल ‘भस्मासुर’

१५. दीपबहादुर अधिकारी

१६. परशुराम सिमखडा

१७. दामोदर तिमल्सिना ‘नलाङी’

१८. शालिग्राम अर्याल

१९. हेमराज अर्याल

२०. राममणि दुवाडी

२१. बाबुराम तिमल्सिना

२२. ‘गाउँले’ बलदेव अधिकारी

२३. रामहरि लम्साल

२४. उत्तम कँडेल

२५. शैलेन्द्र सिम्खडा

२६. वासुदेव अधिकारी

२७. हरि खनाल

२८. लक्ष्मण तिमल्सिना

२९. नवराज लम्साल

३०. नवीनबन्धु दाहाल ‘पहाडी’

३१. शिशिर शर्मा

३२. अम्बिका बुर्लाकोटी (छत्कुली)

३३. बालकृष्ण थपलिया

३४. रामहरि तिमल्सिना

३५. माधवप्रसाद लामिछाने

३६. रेशमबहादुर अधिकारी

३७. दीपेन्द्रसिंह थापा

३८. भरत शर्मा

३९. शरद चिराग

४०. गोविन्द बुढाथोकी

४१. सीता अधिकारी

४२.  उर्मिला थपलिया

४३. रुद्र भट्ट

४४. रमेश धरेल

४५. शैलेन्द्र अधिकारी

४६. हेमप्रभास अधिकारी

४७. जित अधिकारी

४८. दिनेश धरेल

४९. शिव श्रेष्ठ

५०. राजु थापा

५१. अजर्ुन तिमल्सिना

५२. सम्भmना अर्याल

५३. तिलु गुरुङ

-धादिङका कवि प्रतिभा व्गल पत्रिकावाट 



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२ जेष्ठ २०७१, शुक्रबार ००:३८ मा प्रकाशित

समाचार

सबै

प्रहरी उपरीक्षक राजकुमार बैदवारको धादिङबाट विदाई

धादिङ- गएको एघार महिना देखि जिल्ला प्रहरी कार्यालय धादिङको कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी उपरिक्षक (एसपि)राजकुमार बैदवारलाई विहिबार धादिङबाट विदाई गरिएको छ । जिल्लामा कार्यरत रहँदा जिल्लाको.....

सुनखानीमा बोलेरो जिप दुर्घटना १२ जना घाईते

धादिङ, २६ मंसिर - सदरमुकाम धादिङबेसीबाट ज्वालामुखी गाउँपालिकाको ढोलातर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको.....

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु

 काठमाडौँ। काठमाडौँ भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु.....

साङकोष माविका शिक्षक नविन श्रेष्ठले किन थाम्न सकेनन आँसु ?

धादिङ– मेरो नाम नविन श्रेष्ठ हो । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको साङकोष माविमा शिक्षक पदमा कार्यरत छु ।.....

बूढीगण्डकी प्रभावित आरुघाटबासीको आन्दोलन स्थगित

धादिङ, २२ मंसिर - प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलबिद्युत्त आयोजनाको डुवान क्षेत्रमा पर्ने जग्गाको.....

Categories