माघे सङ्क्रान्तिमा गोरु जुधाउन तारुकामा समिति गठन

125 पटक पढिएको

प्रकाशित मिति: ९ पुष २०७३, शनिबार १८:३२

सम्पादक: Dhading News

त्रिशूली (नुवाकोट) – नुवाकोटको तारुकामा माघे सङ्क्रान्तिमा गोरु जुधाउनका लागि गोरु जुधाई मेला व्यवस्थापन समिति गठन गरिएको छ ।  जिल्लाको पहिचानका रुपमा रहेको तारुकाको गोरु जुधाइ मेला व्यवस्थित रुपमा सम्पन्न गराउनका लागि स्थानीय राजनीतिक दल र गोरुपालक किसानको सहमतिमा दीपेश शाक्यको अध्यक्षतामा नौ सदस्यीय गोरु जुधाइ मेला व्यवस्थापन समिति गठन भएको हो ।

तारुकामा भएको भेलाले गठन गरेको समितिका सचिवमा साधुराम सिग्देल र कोषाध्यक्षमा बद्री ढुङ्गाना तथा सदस्यमा राज्यलक्ष्मी श्रेष्ठ, माधव बखरेल, श्याम अछामी, सङ्गीता शाही, कृष्ण तामाङ र शर्मिला सिग्देल रहेकी छन्।

भेलाले जनकराज ढुङ्गानाको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ । समितिले अब चाँडै गोरु दर्ताका लागि सूचना जारी गर्ने छ ।  तारुका गाविसको चन्दनीको ठूलो पाटामा हरेक वर्ष गोरु जुधाइँदै आएको छ । तारुका, बुधसिङ, रातमाटेलगायत क्षेत्रमा सयौँ वर्षअघिदेखि गोरु जुधाइँदै आएकामा २०६२ सालदेखि भने तारुकाले एकै स्थानमा माघे सङ्क्रान्ति पर्वका रुपमा व्यवस्थित रुपमा गोरु जुधाउँदै आएको छ ।

यस्तै नुवाकोटकै बेत्रावतीमा यस वर्ष गोरु जुधाउने तयारी सुरु भएको छ । स्थानीय गोसाइँकुण्ड युवा क्लब मेलाको खर्च जुटाउन र प्रचारप्रसारमा जुटिसकेको क्लबका अध्यक्ष सुरज लबटले बताए। रासस


९ पुष २०७३, शनिबार १८:३२ मा प्रकाशित

समाचार

सबै

सुरुङमार्ग निमार्णको ५ स्थानमा सम्भाव्यता अध्ययन

सरकारको १४औं योजनामा प्राथामिकतामा परेको विभिन्न स्थानमार्फत शुरुङमार्ग निमार्ण गर्ने प्रक्रियालाई अघि सारेको छ । ५ स्थान छनौट गरि तत्काल निमार्ण प्रक्रिया अघि बढाउन सम्भाव्यता अध्ययान गर्नेगरि.....

यी हुन् देउवा सरकारले नियुक्त गरेका सात प्रदेश प्रमुख

नेकपा एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर सरकारले प्रदेश प्रमुख तोकेको छ । सात प्रदेश प्रमुख मध्ये नेपाली.....

अमेरिकाको न्यूयोर्कमा डम्फु साँझ, घन्कियो म्हेन्दोमाया

अमेरिका-२८५४ औँ खि सोनम ल्होसारको अवसरमा तामाङ सोसाइटी अफ अमेरिका तामाङ सोसाइटी अफ अमेरिका ( टिएसए ) द्धारा डम्फु.....

साक्षरताको नाममा नाटक मञ्चन ,पूर्ण साक्षर जिल्ला धादिङमा ल्याप्चे नै ल्याप्चे

धादिङ माघ २,  । चार बर्ष अघि धादिङ जिल्लालाई निकै तामझामका साथ पूर्ण साक्षर जिल्ला घोषणा गरियो । साक्षर जिल्ला.....

बिद्यालयमा सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम

 सुरक्षित र दिगो यात्रा नेपालको आयोजनामा  नुवाकोटको बेल्कोटगढी नगरपालिका-५ , कोल्पुटार स्थित  महादेव मा.वि. मा.....