हाम्रो पालिका

धादिङमा भिडभाड हुने कार्यक्रम सञ्चालनमा रोक

धादिङ,१२ चैत - धादिङमा भिडभाड हुने कार्यक्रम गर्न रोक लगाईएको छ । कोरोना भाइरसको जोखिम बढ्न सक्ने सम्भावना बढ्दै गएको भन्दै धादिङमा सार्वजनिक कार्यक्रम, भेला, महोत्सव, जात्रा लगायतका कार्यक्रम सञ्चालनमा रोक लगाईएको हो । बुधवार धादिङबेसीमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको छुट्टाछुट्टै बैठक बसी कोरोनाको..

गजुरी महोत्सव अर्को निर्णय नभए सम्मको लागि स्थगित

धादिङ । धादिङको गजुरीमा चैत्र १२ देखि २४ गते सम्म आयोजना हुनलागेको प्रथम गजुरी महोत्सव उद्घाटनको पूर्व सन्ध्यामा आएर स्थगित भएको छ । साना तथा मझौला व्यवसायी महासंघ धादिङ जिल्ला शाखाले आयोजना गरेको प्रथम गजुरी महोत्सवको उद्घाटनको अघिल्लो दिन कोरोना जोखिमका कारण देखाएर आयोजकले अर्को निर्णय नभए सम्मको लागि स्थगित भएको जानकारी गराएको छ..

थाक्रे गाउपालिका स्तरीय नवौं राष्ट्रपति रनिङ शिल्ड जनजागृति मा.वि ले उचाल्यो

थाक्रे गाउँपालिकाद्धारा आयोजित नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि लगातार तेश्रो पटक जनजागृति माध्यमिक विद्यालय, महादेववेशी ले उचालेको छ । चैत्र ५ गते देखी ७ गते सम्म थाक्रे गाउँपालिकाको खेल मैदानमा भएको रनिङ शिल्ड प्रतियोगितामा १२ स्वर्ण सहित जनजागृति माध्यमिक विद्यालय प्रथम, ७ स्वर्ण सहित कालिका माध्यमिक विद्यालय..

आदामारामा खानेपानी योजना हस्तान्तरण

सिद्धलेक–धादिङ । घर घरमा धारा मार्फत खानेपानी आउन पछि आदामाराबासीमा खुशीयाली छाएको छ । साँधखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति सिद्धलेक गाउँपालिका वडा नं ४ आदामाराले खानेपानी योजनाको अन्तिम चरणको सार्वजनिक सुनुवाइ तथा योजना हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । खानेपानी योजनाको स्वामित्व हस्तान्तरण तथा सार्वजनिक सुनुवाई..

धादिङको मलेखु अब ‘डिजिटल बजार’

धादिङ । मलेखुमा माछाका परिकार खानका लागि आउँदै हुनु्हुन्छ भने भुक्तानीका लागि साथमा नगद बोक्न नपर्ने भएको छ । अब  मलेखुका हरेक पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । क्युआर मार्फत भुक्तानी गर्न सकिने भएसँगै मलेखुमा खाना खाँदा तथा किनमेल गर्नका लागि नगद रकम बोक्नुपर्ने बाध्यता नपर्ने भएको हो । माछाका परिकारका लागि प्रख्याती..

नागढुंगा–मुग्लिङ सडक अब चार लेनको बनाईदै

धादिङ, ५ चैत ः देशका ६९ जिल्लाबाट राजधानी काठमाडौं भित्रिने मुख्य सडकको रुपमा रहेको नागढुङ्गा–मुग्लिङ खण्ड फराकिलो बनाईने भएको छ । सडकको अहिलेको अबस्थाबाट कम्तीमा ९ मिटर फराकिलो बनाइन लागिएको हो । राजधानी भित्रिने र राजधानीबाट बाहिरिने सवारी साधनको अत्यधिक चाप रहेको यो सडक अहिले ६ देखि ७ मिटर फराकिलो रहेको छ । नागढुंगा–मुग्लिङ सडक..

एन्फा प्रेसिडेन्ट कपमा लेकाली युवा क्लब जुम्ला धादिङ समाजबाट ९–१ गोलले पराजित

  नेपालगन्ज - बाँके जिल्लाको नेपालगञ्जमा जारी रहेको एन्फा प्रेसिडेन्ट लिगमा बागमती प्रदेश लिग च्याम्पियन धादिङ समाज र लुम्बिनी प्रदेश च्याम्पियन बाँकेको धम्बोझी युवा क्लब विजयी भएका छन्। नेपालगञ्ज रंगशालामा भएको पहिलो खेलमा धादिङ समाजले कर्णाली प्रदेश लिग च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई ९–१ गोलले पराजित गरेको हो । खेलमा..

प्रथम गजुरी महोत्सव २०७७ को तयारी तिव्र

धादिङ चैत १ -यही चैत १२ देखि २४ गतेसम्म गजुरीगाउँपालिकाको गजुरीबजारमा हुन लालेको प्रथम गजुरी महोत्सव २०७७ को तयारीलाई तिव्र पारिएको छ । 'समृद्ध धादिङको कामना एक घर एक व्यवसाय हाम्रो कामना 'भन्ने नाराका साथ साना तथा मझौला व्यवसायी महासंघ जिल्ला शाखा धादिङले महोत्सवको आयोजना गरेको हो । जिल्लाको कृषि, पर्यटन, घरेलु तथा साना मझौला व्यवसाय,..

नागढुङ्गा-सिस्नेखाला सुरुङमार्गको निर्माण ९ प्रतिशत सम्पन्न, २४ सै घण्टा काम हुँदैं

काठमाडौँ । नागढुङ्गा–सिस्नेखाला सुरुङमार्ग निर्माण अघि बढेको छ । अहिलेसम्म सुरुङको ९ प्रतिशतभन्दा बढी निर्माण भइसकेको छ । गत वर्ष कोभिड–१९ प्रभावका कारण निर्माण सुस्त भए पनि चालु आवमा निर्माणले गति लिइरहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ । गत वर्षसम्म तोकिएको तालिकाभन्दा धेरै ढिलाइ भए पनि अहिले झण्डै एक महिना मात्रै ढिला..

डुण्डुरेको पुलले रुबीभ्यालीमा जोडियो सडक सञ्जाल

-केशव अधिकारी धादिङ । धादिङ जिल्लाको उत्तरी भेगका गाउँबस्तीलाई सडक सञ्जालसँग जोड्ने मुख्य नाकाको रुपमा रहेको डुण्डुरेमा पक्की पुल निर्माण भई सञ्चालनमा आएको छ । सदरमुकाम धादिङबेँसीबाट जिल्लाको विकट उत्तरी भेगको मूख्य गाउँबस्तीसम्म मोटर पु¥याउने लक्ष्यका साथ निर्माण भइरहेको धादिङबेँसी तिप्लिङ सडक खण्डको डुण्डुरेखोलामा पुल..

धादिङको धुनीबेंसीमा हाइड्रोपावर एकेडेमी स्थापना हुने

धुनीबेंसी (धादिङ)-स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाहरुको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न हाइड्रोपावर एकेडेमी स्थापना गर्ने भएको छ । धादिङको धुनीबेंसीस्थित शेषकान्त फाउन्डेशनले तयार गरेको जर्मन प्राविधिक शिक्षालयको पूर्वाधारमा इप्पानले एकेडेमी स्थापना गर्न लागेको हो । एकेडेमी स्थापना..

तनहूँमा माटोको ढिस्कोले पुरिएर धादिङ कटुन्जेका धनबहादुरको मृत्यु

तनहूँ - फागुन २५ । तनहूँमा माटोको ढिस्कोले पुरिएर धादिङ कटुन्जेका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ नेत्रावती डबजङ गाउँपालिका वडा नंम्बर ५ का ५३ वर्षका धनबहादुर गुरुङ रहेका छन् । गुरुङ तनहूँको शुक्लागण्डकी नगरपालिका वडा नं। ८, किमलघाटमा बस्दै आएका थिए । किमलघाटस्थित सेतीनदी बगरमा काम गर्ने सिलसिलामा ढिस्कोले पुरिएर गुरुङको..

सत्यवती आल्मुनाई एसोसिएसन अफ नेपाल ( सान )को नयाँ नेत्तृत्व चयन

आदमटार- धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ७ मा आदमटारमा रहेको सत्यवती माविका पुर्व बिद्यार्थीहरुको संगठन सत्यवती आल्मुनाई एसोसिएसन अफ नेपाल ( सान )को नयाँ नेत्तृत्व चयन भएको छ । फागुन २२ गते आईतबार संस्थाको प्रथम महासभाको आयोजना गरि पुनर्मिलन तथा बनभोज कार्यक्रम सम्पन्न गर्नुका साथै नयाँ नेत्तृत्वको चयन गरेको हो । प्रथम..

बिशालटारको चन्द्रोदय माविमा बिद्यार्थीलाई अमानवीय व्यवहार

बेनिघाटरोराङ -धादिङ ।  बालमैत्री तथा भयरहित बाताबरणमा गुणस्तरीय शिक्षा दिने जिल्लाकै नमूना बिद्यालय भनेर चिनिएको धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ बिशालटारमा रहेको चन्द्रोदय माध्यमिक विद्यालयमा अध्ययनरत १ सय ५० जनाभन्दा बढी विद्यार्थी लाई अनुशासन कायम गराउन भन्दै बिद्यालय प्रशासनले जबरजस्ती कपाल काटिदिएदिएर अमानवीय व्यवहार..

गहना लुट्न ७५ वर्षिया वृद्धाको हत्या , पाँचजना पक्राउ

- केशव अधिकारी धादिङ, २२ फागुन । धादिङको धुनिबेशी नगरपालिका–४ जिम्वालगाउँ ढुंगेनीमा गएको पुस २४ गते राति ७५ वर्षिया वृद्धाको हत्या गरी गरगहना लुटी फरार भएका पाँचजना काठमाडौंबाट पक्राउ परेका छन । सान्नानी सार्कीको हत्यामा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको हो । सार्कीको हत्यामा संलग्न पाँचैजनालाई..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad