शिक्षा/स्वास्थ्य

 आदर्श मावि गजुरीको निर्माणाधिन भवनको स्थलगत अवलोकन

धादिङ–ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले धादिङ जिल्लामा सञ्चालनगर्दैै आइरहेको भुकम्प पछिको पुननिर्माण र पुनस्थापनामा सदाचार (आईपिइआरआर) कार्यक्रम अन्तर्गत बुधवार गजुरी गाउँपालिका वडा नम्वर १ मा रहेको आदर्श माध्यमिक विद्यालयको निर्माणाधिन अवस्थामा रहेको विद्यालय भवनको स्थलगत रुपमा अवलोकन तथा छलफल गरेको छ । सो अवलोकन तथा छलफल..

प्याब्सन र एनप्याब्सनको कार्यालयमा विद्यार्थीले लगाए ताला 

विद्यार्थी संगठनहरुले प्याब्सन र एन प्याब्सनको कार्यालयमा तालाबन्दी गरेका छन् । अनुगमनकारी निकाय नै निजी विद्यालयको चंगुलमा फसेर समग्र शैक्षिक क्षेत्रमा विकृति विसंगतीलाई मलजल गरिरहेको भन्दै विद्यार्थी संगठनले बुधबार निजी विद्यालयहरुको छाता संगठनमा नै तालाबन्दी गरेका हुन् । विद्यार्थी संगठनले डिल्लिबजारस्थित प्याब्सन र..

राहत शिक्षकको गल्छी गाउँपालिकामा समिति गठन

गल्छी गाउँपालिका भित्र कार्यरत राहत शिक्षकहरुको हक हितका निम्ति काम गर्ने उद्धेश्यका साथ नेपाल राहत शिक्षक समिति गल्छी गाउँपालिका समितिको गठन गरिएको छ । 'गुणस्तरीय शिक्षा हाम्रो प्रतिबद्धता, राहत शिक्षकको पेशागत सुनिश्चितता' भन्ने मुल नाराका साथ शनिवार गल्छी गाउँपालिकाको वडा नम्बर ६ स्थित वागेश्वरी माविमा सम्पन्न भएको राहत..

तीन लाख बालबालिका स्कुलबाहिरै

काठमाडौं चैत २६ -सरकारले हरेक वर्ष शैक्षिक सत्र सुरु भएदेखि वैशाख १५ सम्म ‘भर्ना अभियान’ सञ्चालन गर्दै आएको छ।यस वर्ष त विद्यार्थी भर्नाको ‘महाअभियान’ नै चलाइँदै छ। शिक्षामन्त्री गिरिराजमणि पोखरेलका अनुसार प्रधानमन्त्री केपी ओलीले कर्णालीमा एक जनालाई विद्यालय भर्ना गराएर यो अभियान शुभारम्भ गर्दै छन्। महाअभियानले..

जिल्ला शिक्षा कार्यालयहरु तत्काल खारेज नगर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । जिल्ला शिक्षा कार्यालयहरु तत्काल खारेज नहुने भएका छन् । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि जिल्ला शिक्षा कार्यालयहरु खारेज नगर्ने निर्णय गरेको हो । कानूनतः चैत २८ देखि जिल्ला शिक्षा कार्यालयहरु खारेज हुने भएपनि मन्त्रिपरिषद्को निर्णय पछि अब यथावत रहने भएका छन् । आगामी चैत्र..

अस्थायी शिक्षकलाई स्थायी गर्ने परीक्षा चैत २३ मा

काठमाडौँ : दुई पटकसम्म स्थगित गरिएको अस्थायी शिक्षकलाई स्थायी गर्ने परीक्षाको तयारी अन्तिम चरणमा पुगेको शिक्षक सेवा आयोगले जनाएको छ । गत वर्षात्‌मा तराईको बाढी र भदौमा शिक्षकहरूको असन्तुष्टिका कारण देखाएर रद्द गरिएको परीक्षा आयोगले आगामी चैत २३ मा लिने भएको छ । ‘परीक्षाको सबै तयारी पूरा भइसकेको छ,’ आयोगका प्रशासकीय अधिकृत..

विद्यालयमा मौरीपालन गरेर शिक्षकलाई तलव

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–२ मा रहेको रावलडाँडा आधारभूत विद्यालयमा मौरीपालन गरेर विद्यालयको स्रोत जुटाइएको छ । विद्यालय सञ्चालनका लागि आर्थिक अभाव भएपछि मौरीपालन शुरु गरिएको हो । सरकारले सामुदायिक विद्यालय सञ्चालन गर्न तथा तह बढाउन अनुमति दिने तर शिक्षक दरबन्दी नपठाउने भएपछि सामुदायिक विद्यालय व्यवस्थापन समितिले नै..

स्थानीय तहले अस्थायी शिक्षक नियुक्त गर्न पाउने

  काठमाडौं, १ चैत । शिक्षक नियुक्तिको अधिकारको विषयमा स्थानीय तह, शिक्षक संघसंगठन र जिल्ला शिक्षा कार्यालयबीच मतभेद रहेका बेला सरकारले सरकारले स्थायी शिक्षक पूर्ति नहुञ्जेलसम्मका लागि अस्थायी नियुक्त गर्न अधिकार स्थानीय तहलाई रहेको बताएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलिया र शिक्षा..

जिल्ला शिक्षा कार्यालय खारेज गरी डिभिजन बनाइँदै

  काठमाडौँ — केन्द्रका अधिकार स्थानीय तहहरूलाई दिइएपछि शिक्षा मन्त्रालयअन्तर्गतका केन्द्रीय निकायको संरचना खुम्चने भएको छ । सरकारको निर्णयमा ३ मन्त्रालय गाभेर शिक्षा, विज्ञान प्रविधि र युवा तथा खेलकुद मन्त्रालय बनाइए पनि संरचना भने चुस्त बनाउने तयारी छ कान्तिपुर दैनिकमा समाचार छ । मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीका अनुसार ३..

एक हजार विद्यालयमा स्रोत व्यक्तिको दरबन्दी खारेज हुँदै

काठमाडौँ, २४ फागुन । संघीयता लागू भएसँगै विद्यालय स्रोत केन्द्रहरु स्वतः निष्क्रिय हुँदा स्रोत व्यक्तिका रुपमा कार्यरत करिब एक हजार शिक्षकको जागिर अन्योलमा परेको छ । संविधानतः विद्यालय शिक्षा स्थानीय तहको मातहतमा रहेको सन्दर्भमा विगतमा जिल्ला शिक्षा कार्यालयको मातहतमा रहेको संयन्त्र मानिने स्रोत केन्द्र निष्क्रिय हुन पुगेको हो ।..

गोगनपानीमा गुणस्तरीय शिक्षाका बिषयमा छलफल

विद्यालयमा गुणस्तरीय शिक्षाका लागि उपयुक्त शैक्षिक वाताबरण निर्माण गर्न गल्छी गाउँपालिका वडा नम्बर ८ मा रहेको गोगनपानी आधारभूत बिद्यालय र बिद्यार्थीको सवाल बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही वनाउने कार्यक्रम अन्तरगत आयोजना..

प्याब्सन धादिङको नवौं साधारण सभा सम्पन्न, विभिन्न व्यक्तित्व सम्मानित

गल्छी - धादिङ जिल्ला भित्र रहेका निजी तथा आवासीय बिद्यालयहरुको छाता संगठन प्याब्सन धादिङको ९ औं साधारण सभा शुक्रवार सम्पन्न भएको छ । प्याब्सनका केन्द्रिय अध्यक्ष विजय साम्बाहम्फेको प्रमुख आतिथ्यमा गल्छी गाउँपालिकाको बैरैनीमा सम्पन्न भएको साधारणसभाको अवसरमा ग्लोबल यूनाइटेड बोर्डिङ स्कुल सल्यानटारका संस्थापक अध्यक्ष प्रेमकुमार..

साक्षरताको नाममा नाटक मञ्चन ,पूर्ण साक्षर जिल्ला धादिङमा ल्याप्चे नै ल्याप्चे

धादिङ माघ २,  । चार बर्ष अघि धादिङ जिल्लालाई निकै तामझामका साथ पूर्ण साक्षर जिल्ला घोषणा गरियो । साक्षर जिल्ला घोषणा गर्नु अघि साविकको ५० वटै गाविसलाई पूर्ण साक्षर गाविसको उपमा पनि दिईयो । साक्षर जिल्ला घोषणाका लागि सरकारी तथा गैर सरकारी संस्थाले कागजी साक्षरताका लागि गाउँ गाउँमा गएर पढाउने जिम्मा पाएका थिए । गाउँमा साक्षरता कक्षा..

पहिलोपटक ग्रेडिङ प्रणालीमा कक्षा ११ को नतिजा सार्वजनिक

पुस २९, भक्तपुर । गत असारमा सम्पन्न कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिवार साँझ कक्षा ११ को नियमित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा तीन लाख ४७ हजार ७ सय ४८ विद्यार्थी सहभागी भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । बोर्डले पहिलोपटक ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक..

गल्छी गाउँपालिकाको शिक्षा क्षेत्र सुधारका लागि स्रोतकेन्द्र स्तरीय छलफल

गल्छी, २४ साउन-गाउँपालिका भित्रका बिद्यालयहरुको वर्तमान अवस्था र शैक्षिक सुधारका बिषयहरुमा छलफल गर्न गल्छी गाउँपालिकाको आयोजनामा मंगलवार बैरेनी स्रोतकेन्द्र स्तरीय छलफल कार्यक्रम सम्पन्न भएको छ । गल्छी गाउँपालिकाको आयोजनामा भएको छलफल कार्यक्रममा ८ वटै वडामा रहेका  ३९ वटा बिद्यालयका प्रधानाध्यापक र बिद्यालय व्यवस्थापन समितिका..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad