नीलकण्ठ नगरपालिका

धादिङमा १८३ जनाको आरडिटी परीक्षण,सबैको रिपोर्ट ‘नेगेटिभ’

धादिङ । कोरोना भाइरसको सङ्क्रमणको अवस्था जान्नका लागि तीन दिनअघिदेखि सुरु गरिएको र्‍यापिड डाइनिस्टिक टेस्ट (आरडिटी) धादिङमा १८३ जनाको परीक्षण गरिएको छ । धादिङमा तीन दिनमा १८३ जनामा कोरोना भाइरस कोभिड–१९ भए/नभएको र्‍यापिड डाइनिस्टिक टेस्ट (आरडिटी) द्रूत परीक्षण गरिएको हो । शनिबार, आइतबार र सोमबार गरेर १८३ जनाको आरडिटी टेस्ट गरिएको..

कोरोना भाइरस उपचारका लागि  देशभरका १११ अस्पताल छानिए 

काठमाडौं, १ बैशाख  । सरकारले कोरोना भाइरस संक्रमणको परीक्षण तथा उपचारका लागि देशभरका १११ वटा सरकारी तथा निजी अस्पताल, मेडिकल कलेज तथा जनस्वास्थ्य अस्पतालहरुको सूची सार्वजनिक गरेको छ । जसमा २५ वटा हब अस्पताल तोकिएका छन् भने ६४ वटा प्रादेशिक अस्पताल र बाँकी ज्वरो क्लिनिक सञ्चालन अस्पतालका रूपमा काम गर्नेछन् । कोभिड १९ महामारीको..

ज्वरोका बिरामी बोक्नै मान्दैनन् गाउँका एम्बुलेन्स

 केशव अधिकारी धादिङ । व्यक्तिगत सुरक्षाको कारण देखाउँदै एम्बुलेन्स चालकहरुले रुघाखोकी र ज्वरो आएका बिरामी बोक्न नमानेपछि ग्रामीण भेगका बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान समस्या हुन थालेको छ ।  चैत ४ गते भारतबाट घर आएका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ गोलाङका अमृत परियारलाई केही दिनअघि ज्वरो आएपछि प्राथमिक स्वास्थ्य..

धादिङ कारागारबाट २ वालक सहित २२ कैदीबन्दी रिहा

धादिङ न्यूज समाचारदाता धादिङ, – जिल्ला अदालतको आदेशमा धादिङ कारागारबाट २२ जना कैदीवन्दी रिहा भएका छन् । रिहा हुनेमा २ जना बालक समेत छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिमलाई नियन्त्रण गर्ने उद्धेश्यले कारागारमा रहेका २ जना वालक सहित २२ कैदी बन्दीलाई रिहा गरिएको हो । सार्वजनिक मुद्दा, अभद्र व्यवहार, लागु औषध लगायत..

धादिङमा अब ३५ जना क्वारेन्टाइनमा

धादिङ न्यूज समाचारदाता धादिङ । धादिङमा क्वारेन्टाइनमा बसेकाहरु दुई साताको समयावधि पूरा गरेर घर फर्किएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि भारतबाट घर फर्किएकाहरुलाई धादिङको धादिङबेँसी, बैरेनी, नेत्रावती र बेनीघाटमा क्वारेन्टाइनमा राखिएको थियो । उनीहरु कसैमा पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएपछि आआफ्नो घर पठाइएको हो..

लकडाउन शुरुभएपछि धादिङ अस्पतालले दियो ३४ जनालाई प्रसुती सेवा

 धादिङ - कोरोना संक्रमणका कारण कतिपय ठूला अस्पतालहरुले बिरामीहरुको उपचार नगरेको गुनासो आइरहेको बेला धादिङ अस्पतालले भने नियमित सेवा प्रवाह गरिरहेको छ । अस्पतालले नियमित सञ्चालन हुने बहिरंग (ओपिडि) सेवा सरकारकै निर्देशनमा बन्द गरेपनि आकस्मिक (इमेरजेन्सी) तर्फका सबै सेवा दिइरहेको अस्पतालका अध्यक्ष महेन्द्र धमालाले जानकारी दिनुभयो ।..

धादिङबेसीको निःशुल्क भोजन कार्यक्रम प्रशासनद्वारा बन्द

धादिङ न्यूज समाचारदाता धादिङ । लकडाउनका कारण समस्यामा परेका विपन्न र दैनिक ज्याला मजदुरी गर्नेका लागि धादिङबेँशीमा सुरु गरिएको निःशुल्क भोजन कार्यक्रम स्थानीय प्रशासनले बन्द गरिदिएको छ । नीलकण्ठ नगरपालिकाले विभिन्न संघसंस्थाको सहयोग लिएर बुधबारदेखि सुरु गरेको निःशुल्क भोजन कार्यक्रम बिहीबार बिहानबाट रोकिएको हो । भीडभाडमा..

धादिङबेसीमा विपन्न र असहायका लागि निःशुल्क भोजन

धादिङ- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोविद १९ ) को संक्रमण फैलन नदिन नेपाल सरकारले आह्वान गरेको लकडाउनको कारण दुई साता देखि नेपाल ठप्प हुन पुगेको छ । लकडाउनको प्रत्यक्ष मारमा परेका अति विपन्न तथा असहायहरुको लागि धादिङबेसीमा सामुहिक भोजन सुरु गरिएको छ । बुधवार विहान देखि शुरु भएको सामूहिक भोजनमा पहिलो दिन विहान ७२..

लकडाउन आगामी वैशाख ३ गतेसम्म थप्ने सरकारको निर्णय

डिन्यूज डेलि काठमाडौं– दुई साथता देखि जारी रहेको लकडाउनको अवधि आगामी २०७७ साल वैशाख ३ गतेसम्म थप गर्ने निर्णय सरकारले गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अब एक साताका लागि लकडाउनको अवधि थप गरेको हो । सरकारले नेपालमा कोरोनाको महामाारीबाट जोगिन चैत ११ गते पहिलोपटक सात दिनका लागि लकडाउन घोषणा..

कर बुझाउने र नवीकरण अवधि वैशाख महिना कायम

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र, सवारी साधनको नवीकरण, प्रदूषण नवीकरण र कम्पनीहरूको नवीकरण अवधि वैशाख महिना कायम गर्दै सोअनुरूप बुझाउनुपर्ने शुल्क तथा कर विलम्ब दस्तुर मिनाहा गर्ने भएको छ । यसका लागि केन्द्रीय सरकारले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई जिम्मेवार निकायको रूपमा तोकेको छ भने सहयोगी निकायका..

एसईईको मिति तोकिएको भ्रम फैलाउनेलाई कारवाही हुने

काठमाडौं- प्रविधिको दुरुपयोग गरि सामाजिक सञ्जाल मार्फत भ्रामक हल्ला फैलाएको भन्दै त्यसमा संलग्न व्यक्तिको पहिचान गरि कारवाही गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा ११, १२ को परीक्षा मिति तोकिएको भन्दै बुधवार बिहान देखि सामाजिक सञ्जालमा भाईरल भएको सूचना भ्रामक रहेको र परीक्षाको नयाँ मिति..

कोरोनाभाइरस के हो ? कसरी बच्ने ?

भाइरसबारे के जानकारी उपलब्ध छ ? कोभिड १९ भाइरस कोरोनाभाइरस परिवारको सदस्य हो। यो भाइरस पोहोर वर्षको अन्त्यतिर पशुबाट मानिसमा सर्यो। पहिले संक्रमितमध्ये धेरैजसो कि त चीनको उहानस्थित सिफुडको थोक बजारमा काम गर्थे वा त्यहाँ बारम्बार किनमेल गर्थे। एउटा प्रजातिदेखि अर्कोमा सरेको भाइरस मानिसमा निकै प्रभावकारी देखिएको छ। रोकथामका बलियो..

नेपाल भ्रमण वर्ष औपचारिक रुपमा स्थगित

काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । मन्त्रिपरिषद्को गत चैत ९ गते भएको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए । यसअघि अप्रिलसम्मका लागि भ्रमण वर्ष स्थगन गर्ने निर्णय भएको थियो । भ्रमण वर्ष स्थगन भएसँगै..

१२६ गाउँपालिका र नगरपालिकालाई चीन सरकारको ३ अर्ब रुपैयाँ अनुदान

संघीय सरकारले चीनसँग सीमा जोडिएका गाउँपालिका र नगरपालिकामा पूर्वाधार तथा जिविकोपार्जन सुधार कार्यक्रम सुरू गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ‘उत्तरीक्षेत्र पूर्वाधार विकास तथा जिवनस्तर सुधार कार्यक्रम’ का लागी चीन सरकारले ३ अर्ब रुपैयाँ अनुदान दिएको छ । मन्त्रालयका वैदेशिक सहायता समन्वय शाखाका प्रमुख..

धादिङमा परीक्षा केन्द्र टाढा भएपछि विद्यार्थीले पढाइ छाडे

पढ्न पाउनु हरेक बालवालिकाको नैसर्गिक अधिकार हो । संविधानले प्रदत्त गरेको यो अधिकार कार्यान्वयन गर्ने जिम्मेवारी पाएको स्थानीय तह वालमैत्री नहुंदा कक्षा ८ को परीक्षा दिनबाट ग्रामीण भेगका वालवालिका बञ्चित भएका छन् । परीक्षा केन्द्र धेरै टाढा राखेपछि दक्षिणी धादिङको बाँसखर्क आधारभुत विद्यालयबाटका पाँच विद्यार्थीले पढाइ छाडेका छन्..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad