“श्वेता , समवेदना . श्वेता”
475 पटक पढिएको
-बद्रीप्रसाद दहाल
शुक्ला , विचलित नभै , शोकलाई सम्हाल ।
तिम्रो हाम्रो , नियति पथमा , काल आयो कराल ।।
खोस्यो मीठा , तरल सपना , निर्दयी काल आई ।
श्वेता —शुक्ला , विचलित न हौ , शोकले रन्थन्याई ।। १।।
देवी दुर्गा प्रखर विदुसी , शोकमा शक्ति भर्द्यौ ।
ज्ञानी अंबा ,व्यथित मनमा शान्ति ॐ शान्ति छर्द्यौ ।।
गीता अग्ला उपनिशदमा , शोकलाई डुबाउ ।
श्वेता शुक्ला , भव — जलधिमा , चित्तलाई घुमाउ ।। २।।
लीला उन्को अवनि तलमा , मिट्न सक्दैन कैन्यै ।
साक्षात् लीला पुरुश रुपमा , मान्दछन् रे सबैले ।।
राधा जस्तै मन लिई तिमी , कीर्ति छर्द्यौ धरामा ।
जन्मी मर्ने नियम विधिको , रोकिदैनन् धरामा ।। ३।।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७१, २६ श्रावण सोमबार २०:२१ मा प्रकाशित