ज्यामरुङका पाठकहरु मिलेर मन्दिर वनाउंदै

714 पटक पढिएको

प्रकाशित मिति: २०७१, ६ पुष आईतवार २३:१०

सम्पादक: धादिङ न्यूज

 

 

ज्यामरुङ -धादिङको ज्यामरुङ गाविसमा छरिएर बसोवास गर्दै आई रहेका पाठक थरका समुदायहरु संगठित भएका छन । आफ्नो जातिय संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले संगठित भएका पाठक वन्धु समाज ज्यामरुङको भेलाले गाविसभरी छरिएर रहेका पाठकहरुलाई एकै ठाउंमा ल्याएर सामुहिक रुपमा कुलपुजा गर्ने व्यवस्था मिलाउन कृष्णप्रसाद पाठकको अध्यक्षतामा आठ सदस्यिय पाठक वन्धु कुलायन मन्दिर निर्माण समितिको गठन गरिएको छ । समितिमा सचिव–राजाराम पाठक। कोषाध्यक्ष–सुदीप पाठक रहनु भएको छ । यसैगरी सदस्यहरुमा सीता पाठक,रामप्रसाद पाठक,दीपक पाठक,यदुप्रसाद पाठक,सरोज पाठक रहनु भएको वताईएकोछ ।
मन्दिर निर्माणका लागि आवश्यक पर्ने जग्गा समितिका सदस्यद्धय सुवाष पाठक र सुदिप पाठकले आफ्नो स्वर्गिय बुबाको सम्झनामा निःशुल्क उपलव्ध गराउनु हुने र मन्दिर निर्माण कार्य माघ दोस्रो हप्ता बाट शुरू हुने भएको छ । यसैगरी मन्दिर निर्माणका लागि लाग्ने खर्च गाविसभरीका पाठक समुदायवाट दामासाही रुपमा स्ंकलन गरिने वताईएको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७१, ६ पुष आईतवार २३:१० मा प्रकाशित