मुक्तिनाथको खुद मुनाफा झण्डै ५० करोड वृद्धि

1136 पटक पढिएको

६ श्रावण २०७४, शुक्रबार १५:१७ सम्पादक: धादिङ न्यूज

 काठमाडौं । मुक्तिनाथ विकास बैंकले गएको आर्थिक बर्षमा निक्षेप संकलन ४८ दशमलव ७६ प्रतिशतले वृद्धि गरेर १६ अर्ब ७७ करोड पुर्याएको छ । त्यस्तै, कर्जा लगानी ५४ दशमलव ६४ प्रतिशतले वृद्धि भई १५ अर्ब ३१ करोड पुगेको बैंकले जानकारी दिएको छ ।

muktinath-bikas-bankमुक्तिनाथको खुद मुनाफा ३८ दशमलव ३० प्रतिशतले वृद्धि भई ४९ करोड ६३ लाख पुगेको छ । बैंकका आफ्ना वित्तीय सूचकांकहरु प्रति शेयर वार्षिक आम्दानी ३२ दशमलव ११ प्रतिशत, प्रति शेयर कुल सम्पत्तीको मूल्य एक हजार २७८ दशमलव २९ रुपियाँ, मूल्य आम्दानी अनुपात ३० दशमलव २४, ९वार्षिक० तरलता अनुपात २२ दशमलव ६७ प्रतिशत कायम भएको छ । स्रोतका अनुसार प्रतिशेयर नेटवर्थ १४९ दशमलव ८० रुपियाँ र पुँजीकोष अनुपात १४ दशमलव ९६ प्रतिशत पुर्याएको छ भने न्यून खराब कर्जा शुन्य दशमलव ०२ प्रतिशत कायम भएको छ । अघिल्लो बर्ष शुन्य दशमलव ०९ प्रतिशत रहेको थियो ।