माया र प्रेम नछुटने कुरा हो -गायक सुविन्द्र के.सि

798 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

२०४८ साल असोज ६ गते नुवाकोट जिल्ला कल्याणपुर गाविसमा पिता यमकुमार खाति र माता विना खाति कोखबाट जन्मेका हुन गायक सुविन्द्र के.सि । नुवाकोट जिल्लालाई संगित र गायन क्षेत्रमा चिनाउने अभिलाषा सहित संघर्ष गरिरहेका उनै गायक सुविन्द्र सँग धादिङ न्युज डट कमका लागि किरण अधिकारीले गर्नुभएको भलाकुसारी ।

10625048_858333424199740_8735685913044192535_n-आराम हुनुहून्छ ,के मा व्यस्त हुनुहुन्छ ?
आरामै छु, आफ्नो पढाई सगै संगित सिक्दै सांगितक क्षेत्रमा लागिरहेको छु।
-मख्खै मख्खै गितवाट मख्खै हुनूहुन्छ ?
खुसि छु ,किनभने यो मेरो जिवनको पहिलो सांगितिक कोसेलि हो र जसले मलाई सांगितिक क्षेत्रमा चिनाईरहेको छ।
-.नुवाकोटमा संगितको बजार कस्तो छ
आफैमा सानो नेपाली संगित बजार त्यसमा नुवाकोटको पनि सानै बजार छ जस्तो लाग्छ ।
-तपाईको आगामी आउने गित कुन हो ?
शब्दमा भन्दा आधुनिक गित हो
-के छ त्यो गित भित्र ?
माया र प्रेम नछुटने कुरा हो सुगम संगितको त्यहि भित्र बनेको विल्कुल फरक प्रस्तुति दिने प्रयासमा छु ।
-संगित के हो ?
मेरो लागि जिवन हो ,धर्म हो र जिवनको एउटा साथि पनि ।
. प्रेम के हो ?
जिवन लाई सुन्दर बनाउने कुरो जस्तो लाग्छ ।
.वाटोमा हिडदै गर्दा अचानक कसैले पे्रम प्रस्ताव राख्यो भने के गर्नुहुन्छ ?
पहिले त्यो मान्छेलाई धन्यवाद भनेर उहाको भावनालाई कदर गर्छु र तपाईले म भन्दा राम्रो मान्छे पाउनुहुन्छ भन्दै सरि भन्थे, ।
.सुविन्द्र के सि के हो ?
एउटा सरल,सिधा अनि सबैले पढन सक्ने खुल्ला किताब हु जस्तो लाग्छ ,जसले संगिलाई प्रेम गर्छ ।
.संगित क्षेत्रमा लाग्न काहा बाट प्रेरणा मिल्यो ?
सानो हुदा एफ एम रेडियो बढि सुनिन्थ्यो र आधुनिक गितले अझै बढि ध्यान तान्थ्यो ।त्यसमा पनि वरिष्ठ गायक रामकृष्ण ढकालको गित बाट म निकै प्रभावित हुन्थे विस्तारै उहाकै जस्तो गरि गाउने सिको गर्दै जादा उहा र उहाको गित नै मेरो लागि प्ररण वन्न पुग्यो ।
.भविष्यको योजना के छ ?
सांगितिक क्षेत्रमा क्रियाशिल रहदै राम्रो सिर्जनाहरु पस्कदै अगाडि बढने योजना छ ।
.अन्तमा
मेरो पहिलो सांगितकि कोसेली मख्खै लाई माया गरेझै आगामी दिनमा पनि यस्तै माया पाउने आशा राखेको छु,म अझै राम्रो गर्ने प्रयास गरिरहनेछु र कुराकानी गर्न पाउदा खुसि लाग्यो ।