प्रेम प्रस्ताव आयो भने सोचेर जवाफ दिन्छु भनेर वाटो लाग्छु– गायिका रेउले

554 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

gita reuleसानैदेखि लोकसंगित भनेपछि हुरुक्क हुन्थिन् लोक गायिका गिता रेउले अत्यन्त मिलनसार लोक संगित क्षेत्रमा पुरानै नाम हो । गिता रेउले हाल राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, नेपाल उपत्यका समन्वयको कार्य समिति सदस्य, नेपाल सास्ंकृतिक कलाकर्मी संघको केन्द्रिय सदस्य, तथा राप्ती समाज काठमाण्डौँको कोषाध्यक्ष छिन् । झण्डै एक दर्जन जति एल्बम बजारमा ल्याएकी गिता रेउलेसंग सुन्दरादेवी सन्देश साप्ताहिकका किरण अधिकारीले धादिङ न्यूज डट कमका लागि गरेको भलाकुसारीः
१. आराम हुनुहुन्छ ? केमा व्यस्त आजकाल ?
हजुर एकदम आराम छु । म लोक संगित क्षेत्रमा लागेको मान्छे लोक संगितमा नै व्यस्त छु । गायनको अलावा म लय, शब्द संकलनको कार्यमा व्यस्त छु ।
२. तिहार कसरी मनाउनुभयो ?
तिहार अत्यन्तै रमाइलोसंग वित्यो । तिहार वास्तवमै रमाइलो पर्व मलाइ अत्यन्त मन पनि पर्छ ।
३. गिता रेउलेलाइ के भनेर चिन्ने ?
म लोक गायिका हुँ । लोक संगितमा रुची भएको प्राणी
४. तपाइ त गितको लय, शब्द संकलन पनि गर्नुहुन्छ हैन र ?
हजुर तपाइले सही कुरा गर्नु भयो । म पहिला देखि नै गितको शब्द संकलन अनि लय बनाउने पनि गर्छु । मेरो लय, शब्द संकलनमा पनि गित बजारमा आएका छन् ।
५. तपाइ हालसम्म कतिवटा एल्बम बजारमा आयो ?
मेरो हालसम्म १ दर्जन एल्बम बजारमा आएको छ । जसमा मादलु बज्यो, गजव हुने भो, तीज थानकोटमा सल्ला पलायो लगायतका गितहरु छन् ।
६. संगित के हो तपाइ बीचारा ?
संगित मानव जातीको एक अभिन्न अंग हो । संगितले माजन जीवनमा परिवर्तन ल्याउँछ । संगि विना मानव जीवन अपुरो हुन्छ ।
७. प्रेम के हो ?
प्रेम एउटा जीवन जीउने आधार हो । यसले दुइ मुटुको मिलन गराउँछ ।
८. फरक प्रसंगमा कुरा गरौ, तपाई यो देशको प्रधानमन्त्री हुनुभयो भने के गर्नुहुन्छ ?
ओहो । त्यस्तो पनि होला र ? हामी एउटा कलाकार मान्छे कसरी देशको सर्वोच्च पदमा पुग्छौँ होला ?
९. हैन यो भने तपाइको पहिलो कार्य के हुन्छ ?
यदि भ एभने म एउटा कलाकार नै भएकोले कलाकारीताको विकास, संरक्षण र सम्वद्र्धनको लागि मेरो यो जना बन्ने छ ।
१०. कार्यक्रमको शिलाशिलामा कहाँ कहाँ ुपुग्नु भयो ?
कार्यक्रमको सिलसिलामा नेपालको सबै ठाउँ पुगेको छु । लोक संगित भविष्य राम्रो छ । म पुगेको ठाउँहरुमा त्यसैगरि नेपाल वाहिर ओमान, इन्डिया र बहराइन पनि पुगेको छु ।
११. बाटोमा हिड्दै गर्दा अचानक प्रेम प्रस्ताव आयो भने ?
ओहो हासो ……………… । अहिले सम्म त्यस्तो परेको छैन । यदि त्यस्तो भइहाल्यो भने सोचेर जवाफ दिन्छु है भन्दै बाटो लाग्छु ।
१३. अन्तमा के भन्नु हुन्छ ?
मेरो भावनाहरु राख्न दिनु भयो यस्का लागि तपाईलाई व्यक्तिगतरुपमा साथै धादिङ न्यूज डट कम र तपाईको सुन्दरादेवी सन्देश साप्ताहिकको प्रगतीको कामना गर्दछु । एक दम धेरै भन्यवाद ।