ठोकर्पामा ज्वाइँको कुटाइबाट सासूको मृत्यु

602 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सिन्धुपाल्चोक- ५ माघ । ज्वाइँको कुटाइबाट सिन्धुपाल्चोकको ठोकर्पामा सासूको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छिन् ।

hatyaa photoघरायसी विवादका कारण ठोकर्पा–२ का ३३ वर्षीय राजकुमार खत्रीले गएराति ४५ वर्षीया आफ्नै सासू सीता पहरी तथा २५ वर्षीया श्रीमती सुशीला खत्रीलाई कुटपिट गरेका थिए ।

कुटपिटका क्रममा दुवै जना घाइते भएपछि प्राथमिक स्वास्थ्य केन्द्र ठोकर्पा लगिएकोमा उपचारको क्रममा खत्रीका सासू सीताको गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

खत्रीका श्रीमती सुशीला भने सामान्य उपचार पश्चात घर फर्किएकी छिन् । कुटपिटमा संलग्न राजकुमार खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार थापाले बताउनुभयो ।