बेनीघाटमा दुर्घटना एक जना गम्भिर घाईते

593 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

2धादिङ –पृथ्वीराजमार्ग अन्तरगत धादिङको वेनिघाटमा सोमवार विहान भएको दुर्घटनामा परी एक जना गम्भिर घाईते भएका छन ।  काठमाण्डौबाट पोखरा तर्फ जाँदै गरेको ग १ ख ३९७४ नम्बरको माईक्रो बसले विपरीत दिशाबाट आउदै गरेको बा ३३ प ६७५ नम्बरको मोटर साईकलाई ठक्कर दिंदा  दिदा सो दुर्घटना भएको हो  । दुर्घटनामा परी बेनीघाट बजार निवासी २१ वर्षिय संजय श्रोष्ठ गम्भिर घाईते भएका छन  । घाईतेलाई उपचारको  लागी काठमाण्डौतर्फ पठाईएको छ । दुर्घटना पछी अक्रोसित भिडले माईक्रो बस तोडफोड समेत गरेको थियो ।  घाईतेका आफ्न्तले माईक्रो चालकलाई कारवाही   घाईतेको राम्रो उपचारको माग गर्दै  केही वेर पृथ्वीराजमार्गको वेनिघाट खण्ड अवरुद्ध पारेका थिए । प्रंहरीको सक्रियतामा अबरुद्ध सडक खुलेपछि अहिले यातायात सञ्चालन भईरहेको छ ।