अनलाइन पत्रिका सूचीकरणको म्याद थप सम्बन्धी सूचना

775 पटक पढिएको

सम्पादक: Dhadingnews.com

प्रेस काउन्सिल नेपाल
व्यवसायिक पत्रकारिताका रुपमा सञ्चालनमा रहेका अनलाइन पत्रिका
सूचीकरणको म्याद थप सम्बन्धी सूचना

(गोरखापत्रमा प्रकाशित मिति : २०७०।५।१६

नेपाल सरकार मन्त्रीस्तरबाट मिति २०६४।३।२६ मा निर्णय भई Electronic Media खासगरी Online समेतलाई आचारसंहिता तयार पार्ने र सोको कार्यान्वयन गर्ने गरी काउन्सिलाई जिम्मेवारी तोकिएको हुादा अनलाइन पत्रकारितालाई व्यवस्थित बनाउंदै जाने र आचारसंहिता अनुगमनका लागि समेत नेपालबाट संचालित पत्रकारितालाई व्यवसायको रुपमा संचालन गरिरहेका अनलाइन पत्रिकाहरुलाई प्रेस काउन्सिल नेपालले तोकिदिए अनुसारको सूचीकरण फारम भरी १ महिना भित्र सूचीकरण गर्न मिति २०७०।४।१६ मा सूचना प्रकाशित गरि मिति २०७०।५।१६ मा म्याद समाप्त भएको र सरोकारवाला निकायबाट म्याद थपको लागि अनुरोध भए अनुसार पूर्व सूचनाको म्याद सकिएको मितिले १ महिना म्याद थपिएको छ । यसर्थ मिति २०७०।६।१५ भित्र सूचिकरणको लागि निवेदन दर्ता गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।सुचिकरणको फाराम  http://www.presscouncilnepal.org/notice.php बाट डाउनलोड गर्न सकिन्छ ।