सभासदलाई सुन्तलाको माला

598 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

नेकपा एमालेका सभासद बायाँबाट क्रमश: धनबहादुर घले, गुरुप्रसाद बुर्लाकोटी,सुरेन्द्र पाण्डे र राजेन्द्रप्रसाद पाण्डे । (तस्बीर: केशव अधिकारी)
नेकपा एमालेका सभासद बायाँबाट क्रमश: धनबहादुर घले, गुरुप्रसाद बुर्लाकोटी,सुरेन्द्र पाण्डे र राजेन्द्रप्रसाद पाण्डे । (तस्बीर: केशव अधिकारी)

धादिङ: सुन्तलाको लागि ख्याति कमाएको धादिङ धुषा गाविसको स्यादुल गाउँका वासिन्दाले नेकपा एमालेबाट निर्वाचित सभासदलाई सुन्तलाको माला लगाएर सम्मान गरेका छन्।

नेकपा एमाले धुषा गाउँ कमिटीको आयोजनामा शनिबार धुषाको स्यादुलमा आयोजना गरेको बृहत् स्वागत तथा सम्मान समारोहमा धादिङ जिल्लाबाट निर्वाचित भएका क्षेत्र नम्बर १ का धनबहादुर घले, २ का गुरुप्रसाद बुर्लाकोटी, ३ का राजेन्दप्रसाद पाण्डे र धादिङ जिल्लामा जन्मिएर चितवन क्षेत्र नम्बर १ बाट निर्वाचित सुरेन्द्रप्रसाद पाण्डेलाई स्यादुलका स्थानीयले सुन्तलाको माला लगाएर सम्म्मान गरेका हुन्।

तत्कालीन नेकपा मालेले भूमिगत राजनीति गरेको बेला नेताहरुले सुरक्षित सेल्टरका रुपमा स्यादुललाई लिने गर्थे । तत्कालीन नेकपा मालेले केन्द्रीय कमिटीको बैठकका साथै अन्य कार्यक्रमहरु समेत यसै गाउँमा सम्पन्न गरेकोले नेकपा एमालेबाट निर्वाचित सभासदलाई गाउँमै ल्याइ सम्मान गरिएको नेकपा एमाले धुषा गाउँ कमिटीका संयोजक रमेश छत्कुलीले बताए।

केही वर्षदेखि स्यादुलमा सुन्तलाकोबोटमा रोग देखिएपछि सुन्तला उत्पादन घट्दै गएको छ। किसानहरुले धादिङबाट निर्वाचित सभासादलाई संविधान निर्माणसँगै किसानका समस्यामा पनि ध्यान दिन आग्रह गरेका छन्। चितवन १ बाट निर्वाचित पाण्डे र धादिङ ३ बाट निर्वाचित पाण्डे सहोदर दाजुभाई हुन्। दुवैजना नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम पूर्व मन्त्री समेत हुन्।