सलमान ओच्छ्यानमा मृत फेला परे

434 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १२ कात्तिक । धादिङको सदरमुकाम धादिङबेसीमा वसेर ज्यालामजदुरीमा लुगा सिलाउंदै आईरहेका अन्दाजी ५० वर्षीय सलमान परियार सुतेको ओच्छयानमै मृत फेला परेका छन् ।

सिलाइ काम गर्ने सलमान धादिङबेसीको पुछारवजार लीलाबहादुर श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका थिए । सलमानको श्रीमती मङ्गलबार काठमाडौँ गएकाले डेरामा एक्लै रहेका उनी बिहान कोठामा मृत अवस्थामा फेला परेका हुन् ।