पत्रपत्रिका प्रकाशकहरुको लागि प्रेस काउन्सिल नेपालको  जरुरी सूचना 

702 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

press councilआ.ब. २०६९/०७० र २०७०/०७१ को पत्रपत्रिका बर्गिकरण गर्ने सन्दर्भमा हाल प्रचलित ब्यबस्था अनुसार पत्रपत्रिका प्रकाशकहरुले आफूले उल्लेख गरेको पत्रपत्रिका छपाई र बितरण संख्या तथा क्षेत्रको पुष्ट्याईका लागि पत्रिका छपाइ र कागज खरिदको बिल, श्रमजीबी पत्रकार ऐनले तोकेको न्युनतम पारिश्रमिक दिने समेतका प्राबधान कार्यान्वयन भएको कागजात, लेखापरीक्षकबाट प्रमाणित गरेको बिबरण संलग्न गर्नुपर्ने ब्यबस्था रहेकोमा केही पत्रपत्रिकाले त्यस्ता कागजात तथा बिबरणहरु संलग्न गरेको नपाईएको, संलग्न गर्नेहरुले पनि ठूलो कारोबारमा समेत भ्याट बील प्रयोग नगरेको, एउटै छापाखाना र कागज सप्लायर्सले धेरैवटा पत्रपत्रिका छपाई एवं कागज सप्लाई गर्ने गरेको तर VAT बील प्रयोग गर्ने नगरेको, छपाई र कागज खरिदका बिल अस्वाभाबिक देखिएका, थ्रेसहोल्ड भन्दा बढी कारोबारमा समेत VAT बील संलग्न नभएकोले पत्रपत्रिका बर्गिकरण प्रभाबित हुने हुँदा उपर्युक्तानुसारको कागजातहरु ३५ दिनभित्र काउन्सिल सचिवालयमा सम्पर्क गरी संलग्न गर्न एवं परीक्षण गर्नुहुन जानकारी गराउदै आगामी दिनमा छपाई र कागज खरिदका VAT बीलहरुमात्र संलग्न गर्नुहुन सम्बन्धित सबै (प्रकाशक तथा छापाखाना) को जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। साथै हाल एउटा सञ्चारमाध्यमको समाचार सामग्री हुबहु (अक्षरश: एउटै) अर्को सञ्चारमाध्यमले प्रयोग गर्ने, प्याराफेजिङ गर्ने, अत्याधिक साभार गर्ने गरेको समेत देखिदा त्यस्ता सञ्चारमाध्यमहरु पत्रपत्रिका बर्गीकरण मापदण्ड एवं पत्रकार आचारसंहिता बमोजिम कारबाहीको दायरामा पर्ने हुँदा त्यस्तो नगर्न नगराउनु हुन समेत यसै सूचनाद्दारा जानकारी गराइन्छ।