माइत आएकी दिदी आफ्नै भाईबाट बलात्कृत

518 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

images (3)नयाँदिल्ली । विश्वभरी धार्मिक मान्यता परम्परा विर्सदा मानवले आफ्नो नैतिकता गुमाउन थालेको छ । पारिवारिक सम्बन्धमा दिदी र भाईको आमा छोरा जस्तै नाता हुन्छ ।

तर भारतको आगरामा एक युवकले आफ्नै दिदीको बलात्कार गरेका छन् । माइत आएकी दिदीलाई घरभित्रै आफ्नो कोठामा बोलाएर जुसमा नशालु पदार्थ खुवाएर बलात्कार गरेका हुन् ।

ति भाईले दिदीसंग बलात्कार गरेर अश्लील भिडियो समेत बनाएका छन् । अश्लील भिडियोलाई उनले गाउँभरी बाँडेका छन् । उनकी दिदी आफ्नो लोग्नसंग झगडा गरेर माइत आएकी थिईन् । उनको दुई वर्षपहिले विहे भएको थियो ।

उक्त भिडियो ति युवकले आफ्ना भिनाजुलाई समेत पठाएका छन् । भिनाजुले भिडियो देखेपछि उनकी दिदीसंग सम्बन्ध विच्छेद गरेका छन् । ती युवक बलात्कृत महिलाका काका छोरा हुन् ।

ति भाईले दिदीसंग गरेको बलात्कारको भिडियो इन्टरनेटमा समेत सार्वजनिक गरेका छन् । यो घटना घरपरिवारले थाहा पाएपछि प्रहरीमा उजुरी गरेका छन् ।

उजुरीपछि प्रहरीले अभियुक्त भाईसहित उनका पतिलाई पनि पक्राउ गरेको छ । जसमा अन्य ६ जनापनि संलग्न रहेको जनाइएको छ । उनका भाईलाई भारतको जबरजस्तीरकरणी कानुनअनुसार आजीवन कारावास वा मृत्युदण्डको सजाय हुन सक्छ । एजेन्सीको सहयोगमा