गल्ति नगरेपनि सजाय भोग्दैछन् मलेशियामा नेपाली

696 पटक पढिएको

सम्पादक: Dhadingnews.com

मलेशिया, साउन १७ – मलेशियाको सुगाँइबुलो राजधानी क्वालालुम्पुर भन्दा धेरै टाढा होइन । राजधानी बाट ट्रेनमा ४५ मिनेट यात्रा गरेपछि पुगिन्छ सुगाँइबुलो पुगिन्छ ।

यहि सुगाँइबुलोको जलान अस्पतालको पछाडी एउटा यस्तो कम्पनी छ जहाँ सानो सानो गल्ती गर्ने बित्तीकै बोसको कुटाइ खाइन्छ । यतिसम्म कि बिरामी परेर काममा जान सकिएन भने पनि बोसको कुटाइ खाइन्छ । त्यतिले मात्र नभइ महिनाभर दुःख गरेर कमाएको तलब समेत काटिन्छ ।

रुकुमका नरेश बिसी ६ महिनायता यहि कम्पनीमा कार्यरत हुनुहुन्छ । बिसीको अनुभव छ ‘कम्पनीमा पिउनका लागि लगिएको पानी आफ्नो रुममा फिर्ता लैजान बिर्सियो भने पनि दुईसय रिंगेट तलब काटिन्छ ।’ उहाँका साथीहरुले पनि पटक पटक यस्तै अवस्था भोगिसकेका छन् । बिसी भन्नुहुन्छ ‘मेरै साथीहरुले पनि यस्तो व्यवहार भएको छ ।’ कम्पनीमा कार्यरत कामदारलाई पशुजस्तो व्यवहार गरिन्छ ।

सुगाँइबुलोको ताइको प्लस प्लास्टिक कम्पनीमा समस्या यति मात्र होइन । करिब १ हजार नेपाली कार्यरत कम्पनीमा प्राय सबैको समस्या उही छ । ‘भनेजति तलब नपाइने त सामान्य हो ।’  बागलुङका कमल सापकोटाले भन्नुभयो ।

काठमाडौंको ह्वाइट स्पेस मेनपावरमार्फत जनही १ लाख २० हजार तिरेर मलेशिया पुगेका नेपालीहरुलाई सुरुमा १२ सय रिंगेट तलब पाइन्छ भनेपनि अहिले आइतबारको ओभरटाइम समेत गरेर ८ सय रिंगेट मात्र दिइएको छ ।

कम्पनीमा काम सजिलै भएपनि कहिलेकाँही अलि धेरै काम गर्दा गारो परेर बिदा बस्न खोज्दा पनि बिदा बस्ने नियम नभएको कर्मचारीहरु बताउँछन् । कहिलै काँही निकै गारो परेर बिदामा बसे पनि बोस आफैंले कम्पनीमा ल्याउने र कुटपिट गर्ने गरेको उनीहरुको गुनासो छ । यस्तो अवस्थामा पनि उनीहरुको तलबबाट १ सय रिंगेट तलब काटिन्छ ।

कम्पनीले यस्तौ सास्ती दिएपछि ताइको प्लसमा काम गर्ने १ हजार नेपालीले गएको जनवरीमा आन्दोलन पनि गरे ।

कम्पनीमा कामदारले झुक्किएर फोटो खिचे भनेपनि ४ सय रिंगेट काटिन्छ । कम्पनीमा कार्यरत नेपाली कामदारले मलेशियामा रहेको नेपाली दुतावासमा उजुरी गर्दा पनि दुतावासबाट केही  सहयोग नपाएको गुनासो उनीहरुले गरेका छन् ।

कामदारले दुतावास नै घेराउ गरेपछि दुतावासका कर्मचारी कम्पनीमा पुगेर त्यहाँको स्थिती बुझेर अव त्यस्तो नहुने भनेर फर्कियो । तर दुतावासका कर्मचारी फर्किएको दुई महिनासम्म कम्पनीले कामदारलाई दुव्र्यवहार नगरेपनि अहिले फेरि पहिलेकै अवस्था दोहोरिएको छ ।

– भूमिराज पराजुली/उज्यालो अनलाइन