बिद्यालय सुधार सम्बन्धि कार्यशाला सम्पन्न

512 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पिडा -बिद्यालयको शैक्षिक गुणस्तर बृद्धि वातावरण सिर्जना गर्न पिडाको बिद्यालयहरुले आफ्नै पहलमा बिद्यालय स्वःमूल्याङकन सम्बन्धि २ दिने कार्यशाला शनिबार सम्पन्न भएका छन् । पिडा गाविसको सरस्वती प्राथमिक बिद्यालयहरुले शिक्षक,बिद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ,बिद्यालयमा गठित बालक्लबका पदाधिकारीहरु र अन्य सरोकारवालाहरसँग बिद्यालयका राम्रा तथा सुधार गर्नु पर्ने कुराहरुमा स्वःमूल्याङ्कन गरेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान राईले बताउनु भयो । स्वःमूल्याङकनबाट पहिचान गरेका कमि कमजोरी आगामी दिनमा पुरा गर्ने गरी कार्ययोजना समेत तयार गरेको अधिकारीले बताउनु भयो ।
बिद्यालयमा बाल मैत्री बातावरणमा शिक्षण गर्ने अवस्था,शिक्षकहरुको नियमितता,अनुशासन,शैक्षिक वातावरण सिर्जना,पुस्तकालयलाई व्यवस्थित गर्ने,शौचालयमा पानी व्यवस्था गरी दैनिक सरसफाई गर्ने ,बालब्लबको सक्रियतामा अतिरिक्त क्रियाकलाप संचालन गर्ने,बिद्यालय हाता भित्र सरसफाई गर्ने बिद्यार्थी,शिक्षक तथा अभिभावकहरुको आचार संहिता कढाईका साथ पालना गर्ने लगायतका निर्णयहरु गर्नुका साथै बिभिन्न समितिहरु गठन गरेका छ । कार्यशालामा प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल)धादिङ अध्यक्ष उषा बि.क, कार्यकारी निर्देशक दामोदर अर्याल,चाँदनी थापा लगायतले बिद्यालय सुधारका बिभिन्न पक्षका बारेमा सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा ४९ जनाको सहभागीता भएको स्वःमूल्याङकनले गर्दा आगामी दिनमा बिद्यालयको शैक्षिक विकासमा टेवा पुग्ने बिद्यालयका प्रधानाध्यपक शिव प्रसाद न्यौपानेले जानकारी दिनु भयो ।
बिद्यालयले शिक्षा विभागले तयार गरेको बाल मैत्री बिद्यालय निर्देशिकामा व्यवस्था गरिए अनुसारको १४९ वटा सूचकहरुमा रहेर स्वःमूल्याङकन गरेको बिद्यालयले जनाएको छ ।